Comments Add Comment

मालपोत कार्यालय सिराहाका प्रमुख ४० हजार घुससहित पक्राउ

AKHTIYAR,-CIAA१९ असोज, काठमाडौं । मालपोत कार्यालय सिराहाका प्रमुख चालीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिराहाका प्रमुख ज्ञानराज लम्साललाई घुस रकमसहित बुधबार पक्राउ गरेको हो ।

लम्सालमाथि सिरहा नगरपालिका-१३ का दीपु साहबाट जग्गाको विवाद मिलाइदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

कार्यालय परिसरमै सेवाग्राहीबाट घुस लिँदालिँदै अख्तियार टोलीले लम्साललाई रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment