Comments Add Comment

‘मेस्सीले मैदानमा अनावश्यक खतरा मोल्छन्’

Messi

अर्जेन्टिनी फुटबल टोलीका एक अधिकारीले आफ्ना सुपरस्टार लियोनल मेस्सी आफैले हरेक खेलको हरेक मिनेट अनावश्यक खतरामा आफुलाई पार्ने गरेको बताएका छन् ।

टोलीका सेक्रेटरी जर्ज मिआदोस्क्वीले मैदानमा मेस्सी आफ्नो प्रदर्शन कसरी राम्रो बनाउने भन्नेमा केन्दि्रत रहँदा कतिपय अवस्थामा अनावश्यक खतरा पर्ने गरेको बताएका हुन् ।

२९ बर्षीय बार्सिलोनाका सुपरस्टार मेस्सी गत सेप्टेम्बर २१ देखि कम्मरको चोटका कारण मैदानबाहिर छन् । उनी कम्तिमा ४ साता मैदानबाट बाहिर हुनेछन् । यसको अर्थ अर्जेन्टिनाले विश्वकप छनौटमा पेरु र पाराग्वेबिरुद्धको खेलमा उनी समावेश हुने छैनन् ।

आफ्ना मुख्य फर्वार्डको नयाँ चोट थाहा पाएपछि अर्जेन्टिनाका मूख्य प्रशिक्षक एडगार्डो बाउजाले क्लव र अर्जेन्टिनी फुटबल एसोशियसनलाई मेस्सी छिट्टै चोटमुक्त हुने वातावरण बनाउन अपील गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment