Comments Add Comment

नेपाली सेनामा साढे १९ सय सिपाहीको भर्ना आह्वान

nepal-army-nepali-sena
१ कात्तिक, काठमाडौं । नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो ।

जसमा सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ ।

सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ ।

पदअनुसार फरक-फरक योग्यता तय गरिएको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।

सूचना हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment