Comments Add Comment

‘त्रिदेशीय वार्ता’ बारे एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने

वेटिङ रुपमा संयोगवश भएको भेट हो कि वार्ता हो ?

KP Oli (5)
फाइल फोटो

२ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले गोवामा भएको भनिएको चीन भारत र नेपालका सरकार प्रमुखहरुको त्रिदेशी छलफलबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

भारतले औपचारिकरुपमा खण्डन गरिसकेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका छोरा प्रकाश दाहालले त्रिदेशीय छलफल नै भनिरहेका बेला एमालेले यसबारे जवाफ माग्न लागेको हो ।

व्यवस्थापिका संसदको बैठकमा एमालेले यसबारेमा प्रष्ट जानकारी माग्ने तयारी गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले भने-देशको प्रतिष्ठान र विश्वसनीयतामाथि प्रश्न उठेको हुनाले यो अब सामान्य विषय रहेन,हामी जवाफ माग्छौं ।

प्रधानमन्त्रीको सचिवालयले गोवामा नेपालको मध्यस्थतामा भारत र चीनबीच छलफल भएको र त्रिदेशीय सहमति भएको कुरा आएको भन्दै एमालेले यसबारेमा जवाफ माग्न लागेको उनले बताए ।

नेम्वाङले भने- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो गलत प्रचार कहाँबाट भयो भनेर गम्भीर प्रश्न उठाएका छन् । भारतीय विदेश मन्त्रालयले कडा रुपमा खण्डन गरेको छ । यसबारेमा हामीले नेपालको धारणा के हो भनेर प्रधानमन्त्रीसँग जवाफ माग्नु परेको हो ।

भीभीआइपीहरुको कारगेट चलेका बेला वेटिङ रुपमा संयोगवश भएको भेटलाई त्रिदेशी वार्ता भनेर प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयले गरेको प्रचारले नेपालको कुटनीतिक बिगि्रएको ठहर एमालेले गरेको छ ।

‘यो त केटोकेटी पारा भयो, कुटनीतिकरुपमा यसले हामीलाई वर्षौर्ंसम्म घाटा पार्नेछ’ एमाले सांसद तथा विदेश मामिला विज्ञ राजन भट्टराईले भने ‘भारतले कडा रुपमा खण्डन गरिसकेको छ, चीनले आफ्नो शैलीअनुसार मौनता साँधेको छ,जुन पछिसम्म तुषका रुपमा रहन्छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment