Comments Add Comment

पुनर्संरचना आयोगमा सदस्यकै फरक मतः मधेसमा जनसंख्याका आधारमा स्थानीय तह माग

२ कात्तिक, काठमाडौं । स्थानीय निकाय पुनर्संरचनासम्वन्धी आयोगका सदस्य सुनिल रञ्जन सिंहले तराई मधेसमा जनसंख्याका आधारमा स्थानीय तह हुनु पर्ने माग गर्दै फरक मत राखेका छन् ।

Sunil_Ranjan_Sing_Finalसिंहले मंगलबार आयोगमा आफ्नो फरक मत दर्ता गरेका हुन् । सरकारले नयाँ मापदण्ड दिएपछि आयोगले ७४२ स्थानीय तह बनाउने अन्तिम तयारी गरेको छ । र, यस आधारमा तराई मधेसका २० जिल्लामा २१९ स्थानीय तह पर्नेछन् ।

आयोगका सदस्य सिंहले भने तराई मधेस र थरुहटमा जनसंख्याका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या निर्धारण गर्नर् माग गरेका छन् । साथै तराई मधेस थरुहटको कतिपय जिल्लामा केही भूभाग पहाडको प्रकृतिका रहेकाले त्यस भूभागलाई पहाडकै भूभाग सरह संख्या तोक्नु पर्ने उनको माग छ ।

आयोगका सदस्य सिंहले इलाकालाई समेत मुख्य आधार बनाउने निर्णय स्वीकार्य नहुने बताएका छन् ।

आयोगले पनि इलाकालाई आधार मानी गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, संरक्षित क्षेत्र वपा स्वायत्त क्षेत्रको संख्या र सीमानाको निर्धारण गरेमा मेरो साथ र सहमति रहँदैन, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment