Comments Add Comment

लोकमानबारे ओलीले मुख खोले-कानून बमोजिम मर्यादामा ल्याइन्छ

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ

kp oli

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको सन्दर्भमा एमाले बाधक नरहेको तर आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।

बुधवार संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमति जुट्दै गरेको बताए लगत्तै बसेको संदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले औचित्य पुष्टि भए संशोधनमा सघाउने संकेत गरेका हुन् ।

संसद भवनमै बसेको बैठकमा ओलीले भने-आवश्यकता र औचित्यका आधारमा संविधानमा संशोधन हुन सक्छ । तर, कसैको लहडमा होइन ।’

ओलीले एमालेलाई मुलुकको ड्राइभिङ सिटमा बस्नै नदिने षड्यन्त्र भइरहेको बताए । उनले भने-हामीलाई ड्राइभिङ सिटमै बस्न नदिने योजना थियो । यसबीचमा हामीले बजेटमार्फत युगान्तकारी काम अघि बढायौं । अब पाइलट बनेर मुलुकलाई अग्रगति दिन्छौं ।’

२०७४ माघ ७ अघि कुनै पनि चुनाव नहुने खतरा बढेको र त्यो अवस्थामा देशमा संवैधानिक संकट आउने भन्दै ओलीले एमाले त्यस्तो अवस्था आउन नदिन लागेको बताए ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्षतामा गरेको बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पार्टी एकताबद्ध भएर अघि बढ्ने बताएको सांसद रामेश्वर फुयालले जानकारी दिए ।

लोकमानले मर्यादा नाघे कानून बमोजिम हुन्छ

एमाले संसदीय दलको बैठकको शुरुमै सांसद यज्ञराज सुनुवारले लोकमान सिंह कार्कीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा को हो भन्ने प्रश्न गरेका थिए । उनले लोकमानको नियुक्तिको बेला पार्टी नेतृत्वमै रहेका व्यक्तिले उनको नियुक्तिविरुद्ध तत्कालिन राष्ट्रपति समक्ष गएको स्मरण समेत गराए ।

सुनुवारको प्रश्नको जवाफ दिदै ओलीले संवैधानिक अंगका प्रमुखले विधीको शासन पालना गर्नुपर्ने बताए । उनले भने, ‘सबै संवैधानिक निकायका पदाधिकारीहरु कानुनको शासन र मर्यादामा रहनुपर्छ । कानुनी मर्यादामा नरहनेहरुलाई कानुनको व्यवस्था बमोजिम नै मर्यादामा ल्याइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment