Comments Add Comment

याहुको नाफा दोब्बरले बढ्यो

yahooअस्तित्वको संकटमा परेको याहु कम्पनीको मुनाफा पछिल्लो ३ महिनामा दोब्बरले वृद्धि भएको छ । मुख्य व्यवसाय बेच्ने योजना समेत आशंकाको घेरामा परिरहेको कठीन परिस्थितिका बीच याहुका लागि सुखद खबर बाहिर आएको हो ।

भर्जन मोबाइलले याहुलाई ४ अर्ब ८० करोड डलरमा किन्न सहमत भैसकेको भएपनि याहुका ५० करोड प्रयोगकर्ताका डाटाहरु ह्याकरले चोरेको खबर सार्वजनिक भएसँगै खरीद सम्झौतामा समेत प्रश्नचिन्ह उठेको छ ।

गत सेप्टेम्बर ३० सम्मको त्रैमासिकमा याहुको मुनाफा १६ करोड ३० लाख डलर भएको छ । जबकी गत वर्ष सोही अवधिको मुनाफा ७ करोड ६३ लाख डलर थियो । त्यस्तै कुल राजश्वमा ६.५ प्रतिशतले वृद्धि भई १ अर्ब ३ करोड डलर पुगेको छ ।

याहुको मुनाफा तथा राजश्वमा भएको वृद्धिको पछिल्लो तथ्यांकले कम्पनी मूल्यवान रहेको कुरा दर्शाएको याहुकी सिइओ म्यारिसा मायरले बताइन् ।

एक विज्ञप्तीमा म्यारिसाले भनेकी छिन्ः हामी हाम्रो व्यवसायको मूल्यमा मात्र विश्वस्त छैनौँ, याहुका प्रडक्टले आफ्ना प्रयोगकर्ताको जिवनमा ल्याउने मूल्यमा पनि विश्वस्त छौँ ।

याहुको मुनाफामा वृद्धि भएको खबरसँगै कम्पनीको शेयर मूल्यमा १.३ प्रतिशतले वृद्धि भएको छ । यसले डाटा चोरीको घटना भएपनि याहुको इमेल सिस्टमबाट धेरै प्रयोगकर्ता नबाहिरिएको कुराको विश्वास बढाएको विश्लेषकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment