Comments Add Comment

ग्यालेक्सी नोट ७ को विकल्पमा यी हुन् उत्तम स्मार्टफोन

samsung-galaxy-note-7

सामसुङको ग्यालेक्सी नोट ७ लिएका उपभोक्ताहरु अहिले पछुताइरहेका छन् । मोबाइल विष्फोट हुने समस्यापछि अहिले सामसुङले नोट ७ को उत्पादन र विक्रि नै बन्द गरेको छ । यसले सामसुङलाई त अरबौं डलर घाटा लाग्यो नै, नोट ७ किन्ने योजना बनाएर बसेका ग्राहक पनि निराश भए ।

यदि तपाइ नोट ७ नै किन्ने योजनामा हुुनुहुन्थ्यो भने पनि पछुताउनुपर्ने केही छैन् । बजारमा नोट ७ भन्दा अब्बल धेरै स्मार्टफोन छन जुन तपाइका लागि विकल्प हुनसक्छन् । कतिपय फोनहरु नोट ७ भन्दा सस्तो मूल्यमा पनि पाइन्छन जसले नोट ७ कै हाराहारीका फिचरहरु दिन्छन् ।

हाल बजारमा रहेका ग्यालेक्सी नोट ७ का उत्तम विकल्प बन्नसक्ने फोनहरु यी हुन्-

आइफोन ७ प्लस

iphone-7-plus

यदि तपाइ एन्ड्रोइड फोनमात्रै चलाउँछु भन्ने वाचा गर्नुभएको छैन भने नोट ७ को सपना छाडिदिएर एकपटक आइफोन ७ प्लस ट्राइ गर्न सक्नुहुन्छ ।

डिजाइन, क्षमता र प्रस्तुती सवै हिसावमा आइफोन सेभनप्लस नोट सेभेनको विकल्प हुन सक्छ । नोट सेभेनमा भएको तर आइफोन ७ प्लसमा नभएको एउटै कमी क्युएचडी स्क्रिन । अर्थात् सामसुङभन्दा कम रेजुलेसनको स्क्रिन भएपनि आइफोन ७ प्लस क्यामेरा, डिजाइन आदि कुरामा नोट ७ भन्दा अब्बल छ ।

ग्यालेक्सी एस ७ एज

galaxy-s7-edge-unlocked-3

यदि तपाईंसँग ग्यालेक्सीको सुखद अनुभव छ र तपाईं नोट ७ आकारको फोनबाट खुशी हुनुहुन्छ भने ग्यालेक्सी एस ७ एजबारे सोच्नुहोस । यो फोनले ग्यालेक्सी नोट ७ मा जस्तै अनेक रोमाञ्चक विशेषताहरु बोकेको छ भने मूल्य पनि अलिकति सस्तो पर्दछ । साथै नोट ७ पाइने सबै ठाउँहरुमा यो उपलब्ध छ । ग्यालेक्सी एस ७ एज विष्फोट भएको कतै सुनिएको छैन र आज उपलब्ध सबैभन्दा राम्रो स्मार्टफोनमा यसको गणना हुन्छ ।

एलजी भि २०

lg-v20-black-02

कार्यसम्पादन, क्यामरा गुणस्तर र मौलिक विशेषताहरुको हकमा नोट ७ कै हाराहारीमा आउने यो फोन सबैतिर उपलब्ध छ । यसमा एस पेनको अभाव भए पनि आफ्नै खालको मौलिकता छ जसमा मुख्य डिस्प्लेभन्दा माथि सेकेन्ड स्क्रिन रहेको छ भने पछाडिपट्टि दोस्रो वाइड एङ्गल क्यामरा लेन्स रहेको छ ।

गुगल पिक्सेल एक्सएल

google-pixel-hardware

नोट ७ भन्दा एक मिलिमिटर मात्र लामो र चौडा छ गुगल पिक्सेल एक्सएल । यसले सोझै गुगलबाट सम्पुर्ण पछिल्ला प्रविधिहरु आत्मसात गरेको छ । नोट ७ को जस्तो कर्भ र ५.७ इन्चको स्क्रिन नभए पनि पिक्सेल एक्सएलले गज्जबको फोनको रुप लिदै छ । बिलकुल नयाँ एन्ड्रोइड ७.१ सफ्टवेयरमा १२ एमपि क्यामरा सहित नोट ७ का धेरै उपभोक्ताहरु गुगलको पहिलो स्मार्टफोनमा आकषिर्त हुन सक्छन् ।

एचटिसी १०

htc-10-review-1a

ग्यालेक्सी नोट ७ फिर्तासँगै सामङसुङको फोनमा कुनै रुची बाँकी नभएकाहरुले एचटिसी १० बारे सोच्न सक्छन् । आल्मुनीयमको युनिबडी डिजाइनसहित उत्कृष्ट स्पिकर र नोट ७ सँग प्रतिस्पर्धा गर्न सक्ने क्यामरा यसका विशेषता हुन् । एचटिसीको यस वर्षको उत्कृष्ट फोनका रुपमा यसले ग्यालेक्सी नोट ७ कै स्तरको कार्यसम्पादन गर्दछ । यदि तपाईं आफ्नो फोनमा संगीत र गेमको आनन्द लिन चाहनुहुन्छ भने पनि यो फोन तपाईंको छनोटमा पर्ने छ ।

वान प्लस ३

oneplus-3-second-opinion-14

नोट ७ जस्तो ठूलो र महंगो फोन फिर्ता गर्ने निर्णय लिँदा तपाईंको मनमा एउटा स्मार्टफोनलाई कति खर्च गर्ने भन्ने विचार पैदा भएको हुनुपर्छ । त्यसो हो भने तपाइर्ंले वान प्लस ३ मा एक नजर दौडाउनु उपयुक्त हुन्छ । वान प्लस यस्तो कम्पनी हो जसले आज उपलब्ध उत्कृष्ट अनुभवहरु आधा मूल्यमा उपलब्ध गराउँछ । वान प्लस ३ यसको उत्कृष्ट उदाहरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment