५ कात्तिक, सिन्धुपाल्चोक । नेकपा एमालेका सचिव योगेश भट्टराइले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव कुनै पनि हालतमा दुई तिहाइ बहुमतले पास हुने ठोकुवा गरेका छन् । उनले महाअभियोगको प्रस्ताव संसदबाट पास हुनु अगावै पदबाट राजीनामा दिन लोकमानलाई सुझावसमेत दिए ।
‘संसदमा महाअभियोग दर्ता भइसकेको छ, जनमत लोकमानको विपक्षमा छ,’ प्रेस चौतारी सिन्धुपाल्चोकले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले भने, ‘यस्तो अवस्थामा कुनै पनि दल ब्याक हुन सक्दैनन् । त्यसकारण पनि महाअभियोग दुई तिहाइले पारीत हुन्छ ।’
लोकमानले ‘अति’ गरेकाले यो अवस्था आएको उनले बताए । ‘ओभर स्मार्ट’बनेकाले लोकमानको पतन निश्चित भएको उनको धारणा छ ।
‘लोकमानले अति गरे । अति गरेपछि खति हुन्छ र राज्यका विरुद्ध समानान्तर सत्ता चलाउने लोकमानको पतन निश्चित छ,’ उनले भने ।
उनले अगाडि भने, ‘लोकमानसँग अलिकति बुद्धि र विवेक छ भने राजीनामा दिन उपयुक्त हुन्छ,’ धेरै चतुर बन्न खोजे भने भड्खालोमा जाकिनेछन् ।’
।
संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको कांग्रेसले पनि समर्थन गर्ने भट्टराइले विश्वास गरे ।
यी पनि पढ्नुस्
गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो
प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत
लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ
‘एमालेले अहंकार देखाएकै हो, तर कांग्रेस लोकमानको रक्षाकवच बन्न सक्दैन’
प्रतिक्रिया 4