Comments Add Comment

स्तन क्यान्सरको भिडियो काण्डमा फेसबुकले माफी माग्यो

facebook1स्तन क्यान्सर सम्बन्धी एक भिडियो हटाएको विषयमा तिव्र आलोचना भएप्छि फेसबुकले माफी मागेको छ । फेसबुकले उक्त भिडियो हटाइएको घटनाप्रति दुख व्यक्त गर्दै भुलवस भिडियो हटाइएको जनाएको छ ।

स्वीडेनको एक समूहले स्तन क्यान्सर सम्बन्धी जनचेतनाको लागि उक्त भिडियो फेसबुकमा अपलोड गरेको थियो ।

क्यान्सरफन्डेनको उक्त भिडियोमा महिलाहरुको स्तनलाई गुलाबी घेरामा देखाइएको छ । भिडियोमा गुलाबी घेराको मद्दतले शंकास्पद गाँठाको जाँच गर्ने तरिकाको बारेमा बताइएको छ ।

म्हिलाको स्तन सम्बन्धी यी सांकेतिक तस्वीरलाई फेसबुकले अपमानजनक भन्दै हटाएको थियो । तर तिव्र आलोचना भएसँगै फेसबुकले उक्त भिडियोमाथिको प्रतिबन्ध हटाएको छ । फेसबुकका प्रवक्ताले स्वीडेनका अभियानकर्ताको तस्वीर तथा भिडियोलाई फेसबुकमा स्वीकृति प्रदान गरिएको बताएका छन् ।

गत महिना भियतनाम युद्धताकाको एक तस्वीरलाई अश्लील भनेर हटाउने फेसबुकको कदमको पनि आलोचना भएको थियो र पछि फेसबुकले गल्ती सच्याउँदै उक्त तस्वीरलाई समेत फुकुवा गरेको थियो ।

४० वर्ष पहिले भियतनामको नापाममा भएको हमलाका क्रममा घाइते भएर नांगै अवस्थामा भागेकी ९ वषर्ीया बालिका किम फूकको तस्वीरलाई फेसबुकमा नापाम गर्लको नामबाट फेसबुकमा अपलोड गरियो ।

तर उक्त तस्वीर निर्वस्त्र रहेको र त्यसले अश्लीलता दर्शाउने भन्दै फेसबुकले हटाइदियो । तर आलोचनापछि फेसबुके उक्त तस्वीरप्रतिको आफ्नो धारणा बदल्ने त्यसमाथिको प्रतिबन्ध हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment