+
+
Shares

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा प्रचण्डका भाइ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १२ गते १२:४६

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेका छन् ।

narayan-dahalबिहीबारको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्त गरेको हो ।

दाहाल माओवादीका नेता एवं प्रचण्डका काकाका छोरा हुन् । प्रचण्डको स्वकीय सचिवमा छोरा प्रकाश दाहाल छन् ।

चितवनका पूर्व सभासद समेत रहेका नारायण दाहालले नियुक्ति अघि नै सरकारका काम कारबाहीमा हस्तक्षेपकारी भूमिका खेल्दै आएका थिए ।

स्थानीय विकास मन्त्रालयले गरेको एलडीओहरुको सरुवामा हस्तक्षेप गर्न दाहालको टोली पुगेको थियो ।

नारायण दाहालले भने प्रचण्डसँगको सम्वन्धका कारण आफूलाई आरोप लाग्ने गरेको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?