Comments Add Comment

चौतारी लघुवित्त नाफामा

chautari-microfinance
१२ कात्तिक, काठमाडौं । बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुबित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको पहिलो वर्षमै नाफा आर्जन गर्न सफल भएको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/२०७४ को पहिलो त्रैमासिक अवधीमा १० लाख २० हजार रुपैयाँ मुनाफा गर्न सफल भएको बैंकका नि.कार्यकारी अधिकृत कमल बहादुर खत्रीले बताए ।

खत्रीअनुसार संस्थाको नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, दाङ्ग र सल्यान गरि १० जिल्ला कार्यक्षेत्र रहेको छ । वित्तिय संस्थाको चुक्ता पुँजी २ करोड १० लाख, जारी पूँजी ३ करोड तथा अधिकृत पूँजी ६ करोड रुपैयाँ रहेको छ ।

संस्थाले २०७३ आश्विन मसान्तसम्म ६ हजार ५ सय ४४ सदस्यहरुलाई १६ शाखा मार्फत २४ करोड १९ लाख ३७ हजार रुपैयाँ विनाधितो सामुहिक जमानीमा कर्जा लगानी गरेको छ । त्यसैगरी, यस अवधिमा संस्थाले ३० करोड ८४ लाख ११ हजार रुपैयाँ बचत संकन गरेको छ ।

निकट भबिश्यमै थप ९ शाखा खोल्ने कार्य अन्तिम अवस्थामा रहेको खत्रीले वताए । सेवा बिकास बैंक ,इनोभेटिभ डेभलपमेण्ट बैंक ,सहयोगी बिकास बैंक, सेन्ट्रल फाइनामन्स र सिद्धार्थ डेभलपमेण्ट बैंक समेत ५ वटा वित्तिय संस्थाहरु, बैंकर, प्राध्यापक, डाक्टर, इन्जिनियर,लेखापरिक्षक, व्यवस्थापनविज्ञ, समाजसेवी, लव्धप्रतिष्ठित व्यक्तित्वहरु यो वित्तीय संस्थाको संस्थापक रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment