+
+
Shares

दोलखामा नौ स्थानीय तह, तीन नगरपालिका गाउँपालिकामा घटुवा

रासस रासस
२०७३ कात्तिक १४ गते ११:४२

१४ कात्तिक, दोलखा । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् ।

dolakha_districtदलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो । योसँगै यसअघि नै जिरी, माली र ठूलोपातल गाविस जिरी नगरपालिका घोषण भएको भए पनि गाउँ पालिका बन्ने पक्का भएको छ । जिरी गाउँपालिकामा थप श्यामा गाविस थपिएको छ ।

भीमेश्वर मात्र नगरपालिका बन्ने भएको छ ।

नौ वटा पालिकाभित्र सिमाना,वडा र गाउँपालिकाको केन्द्रको विषयमा भने टुङ्गो लागेको छैन । यो विषयमा थप छप छलफल गरी कात्तिक १९ गते निर्णयक बैठक बस्ने सहमति समेत दलले गरेका छन् ।

यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ वटा पालिकाको सिफारिस गरेको थियो ।

आयोगको पछिल्लो निर्देशन अनुसार सातदेखि ११ वटासम्म पालिका हुने गरी स्थानीय निकायको सङ्ख्यामा सिफारिस गर्न निर्देशन दिएको थियो ।

कुन गाविस कुन पालिकामाः

गौरीशङ्कर गाउँपालिकाः गौरीशङ्कर, खारे, चंखु, मार्बु, सुरी, झ्याँकु र जुँगु,

जिरी गाउँपालिकाः श्यामा र जिरी नगरपालिकाको सबै वडा

हनुमान्तेश्वर गाउँपालिकाः क्षेत्रपा, काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी

तामाकोसी गाउँपालिकाः भीरकोट, झुले, जफे, मालु, सहरे, च्यामा र हावा

शैलुङ गाउँपालिकाः मेलुङ, डाँडाखर्क, भेड्पु, घ्याङसुकठोकर, पवटी र शैलुगेश्वर

चर्नावती वा देउराली गाउँपालकाः फस्कु, काटकुटी, मागापौवा, ताम्चेदुधपोखरी, भुषाफेदा र (लाँकुरीडाँडा)

भीमेश्वर नगरपालिकाः बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र (लाँकुरीडाँडा)

कालिञ्चोक गाउँपालिकाः सुन्द्रवती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कातिञ्चोक

लामाबगर गाउँपालिकाः विगु, आलम्पु, खोपाचागु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगरु ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?