+
+

राजेशदेखि प्रियंकासँग, तस्बिरमा हेर्नुहोस् कलाकारको भाइटिका

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १६ गते २०:०९

rajesh-hamal-tika
तिहारको अन्तिम दिन आज भाइटिका । नेपाली चलचित्रका कलाकारले पनि भाइटिकालाई भव्य रुपमा मनाएका छन् । नायक राजेश हमालले भाइटिका लगाएपछिको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । यस्तै, नायिका प्रियंका कार्कीले पनि भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।

नायक भूवन केसी, अनमोल केसीदेखि हाँस्य कलाकार सिताराम कट्टेलले पनि भाइटिका लगाएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । dhurmus-tika priyanka-tika-1 priyanka-tika

नेपाली चलचित्रका अधिकांश कलाकारले भाइटिकामा आफ्ना दाजुभाई र दिदी बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । यस्तै कलाकार सुनिल थापाले पनि भाइटिकामा टिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । anmol-and-bhuwan-tika sunil-thapa-tika
बर्ष दिनभर काममा व्यस्त हुने भएकाले पनि आफ्ना दाजुभाई र दिदीबहिनीसँग भेट्न नपाउने कलाकारहरुले भाइटिकालाई विशेष महत्वका साथ मनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?