चलचित्र ‘ए दिल हे मुश्किल’ र ‘शिवाय’ले बक्स अफिसमा उच्च व्यापार गरेका छन् । सोमबार तिहारको बिदामा यी दुई चलचित्रको व्यापार उस्तै देखिएको छ । सोमबार रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा अभिनित लभ स्टोरी चलचित्रले १७.७५ करोडको व्यापार गरेको छ ।
यता, सोमबार व्यापारमा एकाएक उछाल ल्याउँदै अजय देवगण निर्देशित तथा अभिनित चलचित्र ‘शिवाय’ले १७.३५ करोडको व्यापार गरेको छ । शुक्रबारदेखि आइतबारसम्म २ चलचित्रको व्यापारमा केही भिन्नता थियो ।
सोमबारसम्म ‘ए दिल हे मुश्किल’ले ५३.३५ करोडको व्यापार गरेको छ भने ‘शिवाय’ले ४५.९१ करोडको व्यापार गरेको छ । यो सँगै यी दुई चलचित्रविच बक्स अफिसमा कडा टक्कर हुने देखिएको छ । सुरुवातका ३ दिनमा सामान्य सुरुवात गरेको ‘शिवाय’ले सोमबार बक्स अफिसमा एकाएक चमत्कार कारोबार गरेको छ ।
तर, ओभरसिजमा भने ‘शिवाय’ फिक्का देखिएको भने ‘ए दिल हे मुश्किल’ले ४५ करोड माथिको व्यापार गरेको छ ।
प्रतिक्रिया 4