Comments Add Comment

मधुमेहका बिरामीले जान्नैपर्ने ९ कुरा

काठमाडौं । हरेक वर्ष नोभेम्बर १४ तारिखका दिन मनाइने मधुमेह दिवस यस वर्ष ‘आइज अन डाइबिटिज’ भन्ने नाराका साथ मनाइँदैछ । मधुमेह दिवस नोभेम्बर १४ मा परे पनि अधिकांश मुलुकहरुले नोभेम्बर महिनाभरि ‘राष्ट्रिय मधुमेह जनचेतना महिना’ मनाउँदै आएका छन् ।

diabetesयस वर्षको गतिविधि टाइप-२ मधुमेहले निम्त्याउन सक्ने जटिलता कम गर्न प्रारम्भिक जाँच गर्ने र त्यसको समयमै पहिचान गरी रोकथाम गर्नमा केन्द्रित हुनेछ । यसैलाई सन्दर्भ पारेर हामीले मधुमेहका बिरामीले यो रोगबारे जान्नैपर्ने कुरा यहाँ प्रस्तुत गरेका छौंः

के हो टाइप-२ मधुमेह ?

मधुमेह यस्तो अवस्था हो, जसमा शरीरले खानालाई सञ्चय गरेर राख्न र त्यसलाई शक्तिमा परिणत गर्न सक्दैन । जसले गर्दा रगतमा अधिक मात्रामा ग्लुकोज बन्न पुग्छ । रगतमा बढी मात्रामा ग्लुकोज भएमा यसले आँखा, मुटु, रक्तनली, नसा, मिर्गौला लगायतको जोखिम बढाउँछ ।

क्यानेडियन डायबिटिज एसोसिएसनका अनुसार, सन् २०१९ सम्ममा क्यानडाका झन्डै ३७ लाख मानिस यसको सिकार हुनेछन् । मधुमेहमध्ये टाइप-२ मधुमेह साधारण हो । त्यसैले, मधुमेह भएकाहरुमध्ये नब्बे प्रतिशत मानिसलाई टाइप-२ मधुमेह हुने गर्छ ।

टाइप-२ मधुमेह लागेमा उचित व्यायाम तथा स्वस्थकर खानाले पनि रगतमा भएको चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ । यदि कडा खालकै मधुमेह छ भने त्यसलाई रोकथाम र नियन्त्रण गर्न यी कुरामा ध्यान दिनु आवश्यक छ:

· सबैभन्दा मुख्य कुरा खानाको उचित मात्रा मिलाएर खाने । अर्थात् फलफूल, तरकारी, अन्न, सलाद, दूध, मासुका परिकार लगायतको परिमाण मिलाएर खाने ।

· खाना खाँदा जहिले पनि थालको आधा भागमा तरकारी होस् । अर्को आधा भागमा प्रोटिनयुक्त खानेकुरा तथा अन्न राख्ने ।

· अत्यधिक मात्रामा भोक लाग्दा जहिले पनि सबैभन्दा पहिले तरकारी खाने । यसले तपाईंलाई तरकारी खान उत्प्रेरित गर्नुका साथै अन्नको लागि थोरै ठाउँ राख्छ । यसले शरीरमा कार्बोहाइड्रेटको मात्रा बढ्न दिदैन ।

· हरेकपटक खाना खाँदा दिनमा कम्तिमा २० देखि २५ प्रतिशतसम्म फाइबर अर्थात् रेसादार खानेकुरा खानु उपयुक्त मानिन्छ । फाइबर खासगरी सागपात, गेडागुडी, फलफूल, राजमा, बदाम लगायतमा पाइन्छ । खानेकुरा खरिद गर्दा पनि कम्तिमा ४ प्रतिशत फाइबरयुक्त खानेकुरा छनौट गर्ने ।

· केही खानेकुरा जस्तै मासुलाई राजमा, केराउ, चना, रहर तथा मुङको दाल लगायतले प्रतिस्थापन गर्न सकिन्छ ।

· बटर, नरिवलको तेल लगायतको साटो सामान्य तेलको प्रयोग गर्ने । फ्रेञ्च फ्राइज, चिप्स, ससेज लगायत चिल्लोयुक्त खानेकुरा कम प्रयोग गर्ने ।

· हप्तामा कम्तिमा दुईपटक माछा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

· सकेसम्म गुलियो खानेकुरा कम प्रयोग गर्ने । त्यसको साटो फलफूल, दही खानु लाभदायक मानिन्छ । यदि मिठाई नै खान मन लागेमा ज्यादै थोरै मात्रामा खाने ।

· दैनिक कम्तिमा २२ मिनेट व्यायाम वा शारीरिक श्रम गर्ने ।

-जेमी सेन्ट, पोषणविद् (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment