
१९ कात्तिक, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा जाँदै छन् । उनको सवारीका कारण आज पनि सडक अवरुद्ध हुने छ ।
मुखर्जी जनकपुर जाने क्रममा हायात होटेलबाट विमानस्थल सम्मको सडक अवरुद्ध हुनेछ ।
बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत र्फकने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4