Comments Add Comment

प्रधानमन्त्री प्रचण्डदेखि मन्त्रीसम्मले सम्पत्ति विवरण लुकाए

सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियार लाग्न सक्ने

Prachanda

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति कति होला ? उनले पद सम्हालेको तीन महिना बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रचण्ड सरकारका कुनै मन्त्रीले पनि आफ्नो सम्पत्ती विवरण अहिलेसम्म देखाएका छैनन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो सम्पत्ती विवरण पेश गर्नुपर्ने कानूनी प्रावधान छ । तर, वर्तमान सरकारका प्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीले समेत अहिलेसम्म आफ्नो सम्पत्ती विवरण सार्वजनिक नगरी कानूनको उल्लंघन गरेका छन् ।

यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले सरकार गठन भएको १५ दिनभित्र प्रधानमन्त्री कार्यालयको वेभसाइटबाट सम्पत्ती विवरण सार्वजनिक गर्ने गरेका थिए ।

तर, प्रचण्ड सरकारले मन्त्रालयहरुलाई सरकारका १०० दिनको प्रगति विवरण संलकन गर्न निर्देशन दिइसक्दा पनि आफ्नो सम्पत्ती विवरण भने सार्वजनिक गर्न चाहेको छैन ।

सम्पत्ति विवरण अहिलेसम्म लुकाइएको विषयमा अनलाइनखबरले राखेको जिज्ञासामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता दामोदर शर्माले मन्त्रिपरिषदले निर्णय नगर्दा सम्पत्ती विवरण सार्वजनिक गर्न नसकेको जानकारी दिए ।

उनले भने, ‘केही मन्त्रीहरु नियुक्त भएको ६० दिन पनि पुगेको छैन । तर, सरकार गठन भएको छ १०० दिन पुग्नै लाग्यो । मन्त्रिपरिषदले सम्पत्ति सार्वजनिक गर्ने निर्णय नगर्दासम्म हामी सार्वजनिक गर्न सक्दैनौँ ।’

उनले मन्त्रीपरिषदले निर्णय गरेलगत्तै विवरण सार्वजनिक हुने अनलाइनखबरलाई बताए । उनले यो विषय मन्त्रिपरिषदसँग सम्वन्धित भएकाले यसबारे नेपाल सरकारका प्रवक्तालाई सोध्न आग्रह गरे ।

सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियार लाग्न सक्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३१ मा सार्बजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । त्यसरी विवरण नबुझाउने व्यक्तिलाई कारवाहीसमेत हुन सक्ने ऐन र नियमावलीमा व्यवस्था छ ।

यस्तो छ ऐनमा व्यवस्था 

sampati-bibaran

हेर्नुहोस् नियमावलीमा भएको अर्को व्यवस्था 

sampati-2

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment