Comments Add Comment

किन घट्दैछ रेमिट्यान्स ? आइएमईका अध्यक्षले देखाए ३ कारण

फ्रि भिसादेखि हुण्डीसम्म बने समस्या

chandra dhakal
२२ कात्तिक, काठमाडौं । भूकम्प र नाकाबन्दीपछि थला परेको रेमिट्यान्स आप्रवा झन कहालीलाग्दो बन्दै गएको छ । चालू आर्थिक वर्षको भदौ महिनामा गत वर्षको सही महिनाको भन्दा २.८ प्रतिशतले रेमिट्यान्स घटेको छ । यो आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ ।

रेमिट्यान्सको वृद्धिदर घटेपछि देशबाट बाहिरिने र देश भित्रिने रकमबीचको अन्तर अर्थात भुक्तानी सन्तुलन ३ अर्ब बढीले घाटामा छ । मुलुकको अर्थतन्त्रमा ३० प्रतिश योगदान दिने रेमिट्यान्स घटेपछि जनजीबनमा समेत त्यसको असर पर्ने आइएमइ समूहका अध्यक्ष चन्द्र ढकाल बताउँछन् ।

रेमिट्यान्सको वृद्धिदर घट्नुका मुख्य तीन कारण रहेको उनको ठम्याई छ । राजधानीको रोयल सिंहे होटलमा ‘आइएमइ, हुँदैन हात खाली’ योजनाका भाग्यसाली विजेताहरुलाई स्कुटरको प्रदान गर्दै घट्दो रेमिट्यान्सप्रति चिन्ता व्यक्त गरे । उनले रेमिट्यान्सको वृद्धिदरमा नकारात्मक असर पर्नुको प्रमुख तीन कारण दर्शाए ।

१. फ्रि भिसाको असर

सरकारले गत वर्ष ‘फ्रि भिसा-फ्रि टिकट’ को निर्णय गर्‍यो । त्यो आफैंमा राम्रो निर्णय थियो । तर, त्यो निर्णय बिनातयारी गरिएकाले अहिले मुलुकको अर्थतन्त्रमै समस्या परिरहेको छ । मैले त्यसबेलै श्रम मन्त्रीलाई भनेको थिएँ, ‘सरकारको यो निर्णय झट्ट हेर्दा पपुलरजस्तो देखिए पनि यसले ब्याक फायर गर्छ ।’

तर, मन्त्रीज्यूले यो ०४६ सालपछिको सर्वाधिक लोकपि्रय निर्णय भएकाले यसबाट ‘ब्याक’ हुन सक्दिन भन्नुभयो । मैले त्यसबेलै भनेको थिएँ- नेपाल सरकारले सम्बन्धित देशको सरकारसँग सम्झौता गरेपछि माबै फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्नुपर्छ भनेर । तर, सरकारले त्यसलाई खासै महत्व दिएन । अहिले जुनरुपमा रेमिट्यान्स घटिरहेको छ । त्यो फ्रि भिसा फ्रि भिसाकै कारणले हो ।

रेमिट्यान्स घट्दा मुलुकमै समस्या निम्तिएको छ । रेमिट्यान्सबापत आउने रकम सर्वसाधारणको शिक्षा, स्वास्थ्य, घर निर्माण, जग्गा तथा घडेरी खरिदलगायतका अन्य क्रियाकलाप सबै प्रभावित हुन्छ । आगामी दिनहरु पनि वितेका केही महिनाको जस्तै अवस्था हुने हो भने यसले अर्थतन्त्रमा गम्भिर असर पर्छ ।

२.हुण्डीकाे जालो

अहिले पनि कोरिया र भारतबाट आउने अधिंकाश रेमिट्यान्स अनौपचारिक च्यानल (हुण्डी) मार्फत आउने गरेको छ । सरकारी कोटामा कोरिया जानेहरुले ९४ प्रतिशत बढी रकम हुण्डीमार्फत पठाउने गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

भारतबाट पनि अत्यन्तै कम रेमिट्यान्स मात्रै औपचारिक च्यानल अर्थात बैंक वित्तीय संस्था एवं रेमिट्यान्स कम्पनीबाट आउने गरेको छ । भारत र कोरियाबाट अनौपचारिक रुपमा आइरहेको रेमिट्यान्सलाई औपचारिक च्यानलबाट ल्याउने हो भने अहिलेको रेमिट्यान्सको कहालीलाग्दो अवस्थामा अवश्य सुधार हुन्छ ।

३. गल्फको तेल 

त्यसैगरी, बैदेशिक रोजगारीका लागि नेपालीहरु गल्फ कन्ट्रीमा जान्छन् । केह सिमययता तेलको मूल्यमा आएको गिरावटले गल्फ कन्ट्रीहरुले एकातिर कामदारको कटौती गरिरहेका छन् अर्कातिर तलब बढाउन कन्जुस्याइँ गरेका छन् । जसकारण पनि रेमिट्यान्स घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment