Comments Add Comment

एलिसा हत्या प्रकरणः प्रेमीले घर लगेर चिया खुवाए, अनि हतासोले हानेर हत्या गरे

२३ कात्तिक, काठमाडौं । भक्तपुरको बोडेमा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको शव एलिसा नेपालीको भएको खुलेको छ । जसको उनकै प्रेमीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

alisa-death१० दिनअघि सिन्धुपाल्चोक महांकाल १ घर भई बुढानिलकण्ठ बस्ने २३ वर्षकी सन्तोगाी भन्ने एलिसा नेपाली हराएको भन्दै अपराध महाशाखामा उजुरी परेको थियो । २० गते बोडे जाने बाटोमा बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव भेटियो । आफन्तले उनी एसिला भएको सनाखत गरेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा उनको हत्या प्रेमी रमेश भन्ने मुक्तिनाथ छामिछानेले गरेको खुलेको छ र उनी पक्राउ परेका छन् ।

पानी फ्याक्ट्रीमा भेट भएपछि…

एलिसा र मुक्तिनाथबीच गत वैशाखमा बुढानिलकण्ठस्थित रिफ वाटर प्रोसेस नामक पानी फ्याक्ट्रीमा चिनजान भएको थियो । एउटै कम्पनीमा काम गर्ने क्रममा उनीहरुबीच प्रेम सम्वन्ध रहृयो । र, एलिसालाई खुसी बनाउन मुक्तिनाथले बेला-बेला पैसा समेत दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

तर, आचरण ठीक नभएको भन्दै कम्पनीले मुक्तिनाथलाई कामबाट निकाल्यो । एलिसा र मुक्तिनाथको प्रेममा ‘भिलेन’ बनेर श्याम श्रेष्ठ आए । र, मुक्तिनाथले एलिसा र श्यामबीच प्रेम सम्वन्ध सुरु भएको दशैं अगाडि थाहा पाए । आफैंले पैसा दिने तर, अर्को केटासँग प्रेम गर्ने भन्ने भन्दै उनले हत्याको योजना बुन्न थाले ।

घरमा लगेर चिया खुलाएपछि हत्या

प्रहरीका अनुसार कात्तिक १२ गते मुक्तिनाथ र एलिसाबीच भेट भएको थियो । मुक्तिनाथले बोलाएपछि एलिसा गोपीकृष्ण हल अगाडि आइन् र बोडेस्थित घरमा लगे । मुक्तिनाथले एलिसालाई घर लगेर चिया खुवाए ।

र, श्याम र आफूले दिएको पैसाबारे कुरा निकाले, जसले उनीहरुबीच विवाद भएको देखिन्छ । त्यही क्रममा मुक्तिनाथले गुन्द्री बुन्ने हतासो प्रहार गरे । एलिसा लडेपछि उनले पटक-पटक ठाउकोमा प्रहार गरेको पाइएको छ ।

उनले मृतकका बाबुलाई फोन गरेर हिन्दीमा एलिसा चाहिए १ करोड ५० लाख ल्याउनु भन्दै धम्की पनि दिएको पाइएको छ । बेलुकी उनले एलिसाको शवलाई कुखुराको दाना हाल्ने प्लास्टिकको बोरामा हालेर घर नजिकै सडक किनारमा लगेर फाले भने हतासो घर पछाडि लगेर हुत्याए ।

घटनाबारे शंका नहोस् भनेर उनले मृतकका बुबासँगै सहयोगी जस्तै बनेर एसिला हराएको भन्दै खोज्न पनि हिँडे । तर, जब एलिसाको शव बोडे नजिकै भेटियो, प्रहरीको अनुसन्धान उनको प्रेमीतिरै सोझियो । र, रामेछाप घर भई भक्तपुर बोडे बस्ने १९ वर्षका रमेश भन्ने मुक्तनाथ पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment