Comments Add Comment

कांग्रेसले भन्यो-देउवालाई एक चीन नीति सिकाइराख्नु पर्दैन

sher-bahadur-deuba-angry-2

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएको छ ।

हालै गोवामा भएको इण्डिया फाउन्डेसनको कार्यक्रममा तिब्बती नेता भेटेको भन्दै देउवाको आलोचना भएको थियो । देउवाले त्यसको खण्डन गरे । तर, तिब्बती निर्वासित प्रधानमन्त्री लोप्साङ साङ्गेसँग मञ्च शेयर गरेको तस्वीर बिहीबार मात्र सार्वजनिक भएको छ ।

[sam_list]

शुक्रबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी दलाई लामाका प्रतिनिधि भेटेको दाबीको खण्डन गरे । देउवाले प्रमुख अथितिका रुपमा सम्बोधन गरेको र उद्घाटन सत्र सकिनासाथ हिँडेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘दर्शकदीर्घामा को-को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन ।’

अघि भनिएको छ, ‘चियोचर्चो गर्ने विषय पनि होइन । त्यसका बाबजुद कहाँ-कहाँको तस्वीर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया गरेको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’

कांग्रेस र चीन सरकारको सम्वन्धमा भ्रम सिजना गर्न खोजिएको भन्दै कांग्रेसले भनेको छ, ‘कांग्रेस पार्टी र सभापतिलाई एक चीन नीतिप्रतिको दृष्टिकोण कसैले सिकाइरहनु पर्दैन । एक चीन नीति हाम्रो विश्वास हो । कांग्रेस पञ्चशीलको सिद्धान्तमा दृढ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment