Comments Add Comment

अस्ताइन् थवाङकी सुनकुमारी

sunkumari-rolpa

२७ कात्तिक, काठमाडौं । श्रीमानको कुटाईबाट घाइते भएकी रोल्पाकी सुनकुमारी नेपालीको शनिबार निधन भएको छ ।

आर्थिक अभावका कारण सुरुमा उनको उपचार हुन सकेन । पछिल्लो समय उपचार खर्च जुटे पनि उनलाई बचाउन सकिएन । उनको शनिबार दिउँसो निधन भएको छ ।

रोल्पा थवाङ ८ की ४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए । थवाङ प्रहरीले उद्धार गरी घर्तीगाउँ अस्पताल पठायो तर, त्यहाँ उपचार सम्भव नभएपछि १३ वर्षीया छोरी बिनिताले उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ल्याइन् ।

तर, अस्पतालमा भर्ना भएको २३ दिनसम्म अचेत अवस्थामा रहेकी सुनकुमारीलाई  आर्थिक अभावका कारण उचित रुपमा औषधि उपचार हुने सकेको थिएन । आइसीयू कक्षमा उपचार हुनुपर्नेमा आर्थिक अभावकै कारण अस्पतालको न्युरोको जनरल वार्डमा उपचार भइरहेको थियो ।

सुनकुमारीको उपचारमा खर्च अभाव भएको खबर अनलाइनखबरमा प्रकाशित भएपछि सहयोगी हातहरु जुटेका थिए ।

भैरहवाका पत्रकारहरु संस्था लुम्बिनी प्रेस क्लबले अभियान नै चलाएको थियो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गाना र उनको टिमले सुनकुमारीको सम्पुर्ण उपचार खर्च व्यर्होने, कुरुवा बसेकी छोरीलाई खाने बस्ने व्यवस्थाको जिम्मा लिने भनेपछि अस्पतालले आइसीयूमा सारेर विशेषज्ञ चिक्तिसकको एक टोलीनै खटाएको थियो ।

शनिबार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपतिपुत्र दीपेश पुनसहितको टोली अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो र विभिन्न व्यक्तिबाट संकलित ३ लाख हस्तान्तरण गरिएको थियो ।

तर, शनिबार नै उनको निधन भएको छ ।

यो पनि पढ्नुहोस् 

मृत्युसँग जुध्दै सुनकुमारीः न राज्यले देख्यो, न रोल्पाले सुन्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment