Comments Add Comment

पवन चाम्लिङको हातबाट नपाएपछि दीपक-दीपाले सम्मान थापेनन्

deepak-deepa
नेपालबाट सिक्किम हिड्नु अगाडि नै कलाकार दीपकराज गिरीले ‘सम्मान र पुरस्कार’ भएकाले पनि जान लागेको भन्दै स्टाटस लेखेका थिए । दीपक र दीपाश्री निराैला सिक्किम पुग्नुको मुख्य कारण पनि यहि नै थियो । तर, हलमा ११ बजेसम्म बसेका दीपक र दीपा त्यसपछि हलबाट बाहिरिएका थिए ।

उनीहरु हलबाट बाहिरिएको केहि छिनमै मञ्चबाट ‘विशेष सम्मान’का लागि भन्दै उनीहरुलाई बोलाइएको थियो । तर, सिक्किममा आयोजना भएको ‘इनास अवार्ड’मा सम्मान थाप्नकै लागि पुगेका दीपक र दीपाले अन्तिम समयमा किन बहिष्कारको नीति लिए त ?

दीपक र दीपा चाहन्थे कि, सम्मान सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङको हातबाट प्राप्त होस् । तर अवार्ड सुरु भएको केहि समयमा नै १ घन्टा लामो मन्तव्य राखेर पवन हलबाट निस्किए । आयोजकले, चलचित्र क्षेत्रका चर्चित अनुहारलाई गरेको सम्मान निकै ढिलो गरि वितरण गर्‍यो । रातको साढे ११ बजेतिर बल्ल राजेश हमाल, मनिषा कोइराला लगायतका चर्चित अनुहारलाई सम्मान गरिएको थियो ।

जतिबेला, हलमा दर्शकको संख्या निकै न्यून थियो भने मिडियाको उपस्थिती पनि कम थियो । तर, दीपक र दीपा बाहेक अरु कलाकार भने कार्यक्रममा पुरा बसेर सम्मान थापेका थिए ।

जसले गर्दा, दीपक र दीपा सम्मान नै नथापी हलबाट बाहिर निस्किएका थिए । किन विशेष सम्मान नथाप्नु भएको भन्ने प्रश्नमा दीपाले भनिन्-‘मुख्य मन्त्रीको हातबाट सम्मान नदिएपछि रातको १२ बजेसम्म किन बस्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment