Comments Add Comment

सिटौला समूहले छान्यो तरुण दलको अध्यक्षका उम्मेदवार

tarun-dal-pokhara

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको कृष्णप्रसाद सिटौला समूहले नेपाल तरुण दलको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । तरुण दलको महाअधिवेशन पोखरामा जारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जीतजंग बस्नेतलाई अध्यक्षमा प्रस्ताव गर्दै सहमतिमा नेतृत्व चयन गर्न भनेका छन् । र, रामचन्द्र पौडेल समूहले वीपी पुत्र सिद्धार्थ कोइरालालाई उपसभापति बनाउने गरी सहमति गर्ने संकेत दिएको छ ।

तर, सिटौला समूह भने चुनाव लड्ने निर्णयमा पुगेको छ । आइतबार साँझ सिटौलासहितको उपस्थितिमा भएको बैठकले पूर्व सचिव उत्तमकुमार चापागाईालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आफूहरुले निर्वाचनबाटै नेतृत्व चयन गर्नु पर्ने र छिटो प्रक्रिया सुरु गर्नु पर्नेमा जोड दिएको कांग्रेस नेता प्रदीप पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment