Comments Add Comment

एमाले सांसदले गृहमन्त्रीलाई सोधे- आइजीपीलाई हटाउने कुरा के हो ?

Upendrakanta-Aryal

२९ कात्तिक, काठमाडौं । एमाले सांसद यज्ञराज सुनुवारले नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई हटाउन खोजिएको समाचार सार्वजनिक भएकाले यसको जवाफ दिन गृहमन्त्री विमलेन्द्र निधीलाई आग्रह गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा एमाले सांसद सुनुवारले सञ्चार माध्यममा आएको समाचारबारे प्रष्ट पार्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

निर्वाचन गर्नुपर्ने बेलामा प्रमुख सुरक्षा निकायका प्रमुखलाई बिनाकारण हटाउँदा नराम्रो सन्देश जाने सुनुवारले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

आइजीपी अर्यालको कार्यकाल आगामी फागुनमा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment