Comments Add Comment

लुम्बिनी क्षेत्रमा ‘भुस्याहा’ कुकुर व्यवस्थित गरिने

२९ कात्तिक, काठमाडौं । पशु अधिकारको क्षेत्रमा क्रियाशील संस्था एनिमल नेपालले विश्व साँस्कृतिक सम्पदा तथा शान्तिभूमी लुम्बिनी क्षेत्रमा रहेका ‘भुस्याहा’ कुकुरलाई व्यवस्थित गर्न काम सुरु गरेको छ ।

Animal-Nepalछाडा छाडिएका कुकुरहरुको बन्ध्याकरण, रेबिज विरुद्धको सुई लगाउने र बिरामी तथा घाइते कुकुरहरुलाई उपचार गर्ने काम भएको एनिमल नेपालले जनाएको छ । यो काम लुम्बिनी सोसल सर्भिस फाउन्डेशनसँगको सहकार्यमा भइरहेको छ ।

एनिमल नेपाल र लुम्बिनी फाउण्डेसनले दोस्रो चरणमा कात्तिक २३ गतेबाट ४ दिनसम्म शिविर चलाएर कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाएको हो ।

भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्न एनिमल नेपालले लगातार कुकुरको बन्ध्याकरण गर्दै आएको छ । त्यसक्रममा १०१ कुकुरको बन्ध्याकरण गरिएको र करिब १ सय ५० कुकुरहरुलाई रेबीज बिरुद्धको खोप लगाइएको एनीमल नेपालका अध्यक्ष प्रमदा शाहले जानकारी दिइन् ।

चारदिनसम्म सञ्चालन भएको उक्त शिविरमा लुम्बिनी क्षेत्र विकास कोष परिसर, पर्सा, पडरिया, लुम्बिनी बसपार्क र त्यस आसपासका गाउँहरुका कुकुरको बन्ध्याकरण र उपचार गरिएको छ ।

यस्तै समुदायमा आधारित जनचेतना मूलक कार्यक्रमहरु गरी एनिमल नेपाल र लुम्बिनी फाउण्डेसनले समुदायलाई जनावरप्रति गर्नुपर्ने मानवीय व्यवहार, मानव र जनावरबीचको सम्वन्ध तथा जनावरहरुप्रति समुदायको उत्तरदायित्वका सम्वन्धमा समेत छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment