Comments Add Comment

विचौलियाले तोक्छन् धानको मूल्य

१ मंसिर, झापा । झापा शरणामतीका किसान कृष्ण अधिकारीलाई वर्षेनि धान बेच्ने समयमा एउटै समस्याले पिरोल्छ । अधिकारीलाई मात्र होइन, देशभरिकै किसानको समस्या उस्तै छ ।

dhan-kissanधान विक्री गर्ने समय हुन्छ । तर, कतिमा बेच्ने भन्ने आधिकारिक दर ताकिएको हुँदैन । न त व्यवसायीले किसानले तोकेको दरमा धान खरिद गर्न मान्छन्, न त सम्बन्धित निकायले धानको भाउ नै तोक्छ । ‘खेतबाट धान उठाइसकेँ’, अधिकारीले भने, ‘विक्रीको लागि तयार छ । तर, कतिमा बेच्ने भन्ने अन्यौलमा छु ।’ अधिकांश किसानले भोगिरहेको साझा समस्या हो यो ।

सम्बन्धित निकायले धानको मूल्य निर्धारण नगर्दा किसान व्यवसायीले जति मूल्य भन्छन्, त्यतिमै बेच्न बाध्य छन् । यसरी व्यापारीले आफू खुशी मूल्य तोक्दा आफूहरु मारमा पर्ने किसानहरु बताउँछन् ।

विक्रीका लागि धान बजारमा लाने समय भइसक्यो । तर, मूल्य निर्धारण गर्ने कुनै आधिकारिक निकाय छैन । जसका कारण पूर्वेली कृषक अहिले अन्योलमा छन् ।

नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला हो झापा । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यहाँ ९० हजार हेक्टर क्षेत्रफलमा वर्खे धान खेती हुने गरेको छ । त्यस्तै, १९ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।
झापामा अहिले रञ्जित मन्सुली जातको धान २४ सय रुपैयाँप्रति क्वीन्टलमा विक्री भइरहेको छ भने सोना मन्सुली २ हजार ३ सय ५० रुपैयाँ, कान्छी मन्सुली २ हजार २ सय रुपैयाँ, बासमती ४ हजार रुपैयाँ र विजी जातको धान १६ सय रुपैयाँप्रति क्वीन्टलमा विक्री भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिमिल्सिना पनि धानको मूल्य निर्धारण गर्ने कुनै आधिकारिक निकाय नहुँदा किसानलाई समस्या हुने गरेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘धानको मूल्य निर्धारण गर्ने कुनै निकाय छैन, जसरी तरकारी, फलफुलको मूल्य तोकिन्छ, त्यसरी नै धानको पनि मूल्य तोकिन्छ ।’  उनले धानको मूल्य बजारले नै निर्धारण गर्ने जनाए ।

नेपाल सरकारले धानको न्यूनतम मूल्य तोक्नु पर्ने कृषकहरु बताउँछन् । धानको मूल्य तोक्ने आधिकारिक निकाय नहुँदा मिलवाला र धानकाँटाले मनपरि गर्ने गरेको उनीहरुको गुनासो छ ।

यसैबीच, झापाका मिल सञ्चालकहरु धानको मूल्य विचौलियाले तोक्ने बताउँछन् । एक मिल सञ्चालकले भने, ‘विराटनगरमा व्यापारी र दलालको भेला हुन्छ । र, त्यहीँबाट मूल्य तोकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment