Comments Add Comment

माघे संक्रान्तीमा सौगात पनि भिड्ने

shabda-nepali-movie
चाडपर्व र बिदाको दिनलाई नेपाली चलचित्रका मेकरहरुले महत्वका साथ लिने गरेका छन् । १ दिनको बिदामा पनि ३-४ वटा चलचित्रको लडाई सायद यहि कारणले भएको हुनसक्छ ।

माघ १ गतेको संक्रान्तीमा भिडन्त गर्न अहिले केहि चलचित्र तछाडमछाड गरिरहेका छन् । अब, यो भीडमा चलचित्र ‘शब्द’ पनि आएको छ । सन्तोष सिवाकोटीको निर्देशनमा बनेको यो चलचित्र पौष २९ गते रिलिज हुने भएको छ ।

चलचित्रमा सौगात मल्ल, अनुभव रेग्मी, कमली वाइवा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, सुरेश गैरेको मुख्य भूमिका छ । शिव ढकालको छायांकन, राजनराज सिवाकोटी र गैरे सुरेशको संगीत रहेको यो चलचित्रमा यम थापा र किरण घिमिरेको कथा छ ।

बनिष शाहले सम्पादन गरेको यो चलचित्रमा डाक्टर कृष्णहरि बराल र राजनराज सिवाकोटीको गीत छ । चलचित्रको कथावस्तु खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment