बलिउड अभिनेत्री करिना कपुर पहिलोपटक सन्तानसुख प्राप्त गर्ने संघारमा छिन् । अर्को महिना बच्चा जन्माउने तयारीमा रहेकी उनी अहिले आफ्ना सबै कामकाज थाँति राखेर पूर्ण विश्राममा छिन् ।
करिनाले आफ्नो बच्चाको नाम के राख्लिन् भनेर भारतीय मिडियाहरु यतिबेला लख काटिरहेका छन् । हालै उनी नेहा धुपियाको टक शोमा गएकी थिइन् । त्यहाँ कुराकानीका दौरान उनले आफ्नो बच्चाको सम्भावित नामबारे चर्चा गरिन् ।
‘अहिलेसम्म कुनै नाम तय भएको छैन,’ करिनाले भनिन्, ‘तर, सैफ (सैफ अलि खान) को इतिहासमा निकै अभिरुची छ । हुन सक्छ बच्चाको नाम इतिहाससँग जोडिएको हुनेछ ।’
यसभन्दा अगाडि जब करिनालाई बच्चाको नामबारे सोधिएको थियो, उनले भनेकी थिइन् कि सैफलाई सैफिना नाम निकै मन पर्छ । त्यसैले यही नाम हुन सक्छ । करिना डिसेम्बरमा आमा बन्दैछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4