Comments Add Comment

संविधान संशोधनमा केपी ओलीः किन नमान्ने मजाले मान्छ एमाले …

'नेपाल कसका लागि कित्ताकाट गरिदिने ?'

kp-oli

२ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्षका नेता केपी शर्मा ओलीले आवश्यकताका आधारमा संविधान संशोधन गर्न आफूहरु तयार रहेको बताएका छन् । तर, तराई र पहाडलाई अलत गर्ने गरी आएको प्रस्ताव स्वीकार्य नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे एमालेसँग सहमति जुटाउन लगातार सम्वाद गरिरहेका छन् । बिहीबार प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा संविधान संशोधनबारे छलफल गरेका ओली अपराहृन पत्रकारहरुमाझ खुलेर प्रस्तुत भए ।

एमाले स्कुल विभागले गरेको कार्यक्रममा ओलीले संविधान कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भइरहेको भन्दै संशोधन माग त्यसकै श्रृखला भएको बताए । कांग्रेसले ‘जिम्मा जमानी धेरैतिरबाट भएको छ । यति भएपछि सब ठीक हुन्छ’ भनेकाले देशलाई गम्भीर नोक्सानी नपर्ने गरी गत वर्ष संविधान संशोधन गरेको उनले बताए । उनले भने, चाख्ने काम त हुन्छ नि । मक्सत के रहेछ ?’

उनले अघि भने, तरिका के रहेछ भने यति भयो अब बाँकी । यो गर्दै जाने ।’

एकपछि अर्को फसाउँदै लैजान सकिन्छ भन्ने भ्रममा नपर्न उनले सचेत गराए । संविधान कार्यान्वयनका क्रममा बाधा अवरोध आए संशोधन गर्न सकिन्छ भन्दै उनले भने, पाल्पा ५ नम्बर प्रदेशबाट हटाउनुपर्छ ।’

‘धेरै वटा कदमहरु छन् । पहिलो भएपछि दोस्रो । दोस्रो भएपछि तेस्रो । त्यसमध्ये अहिलेका लागि लुम्बिनीका पहाडका जिल्लाहरु ५ नम्बर प्रदेशबाट हटाउनुपर्छ ।’

संविधान जारी गर्न दुई नम्बर प्रदेश निर्माणमा कम्प्रमाइज गरेको एमाले अध्यक्ष ओली बताए । ‘अब ५ नम्बर प्रदेशमा सफल हुने । त्यसपछि १ र सातमा अट्याक गर्ने । त्यसपछि चितवन । नेपाल कसका लागि कित्ताकाट गरिदिने ?’ उनले भने ।

उनले अब संविधान संशोधन गरेको भए चुनाव हुन्थ्यो, संशोधन गर्न एमालेले मानेर भन्ने हल्ला चल्ने बताए । ओलीले भने, किन नमान्ने मजाले मान्छ एमाले । अहिले पनि नागरिकताको सन्दर्भमा गरौं न संशोधन ।’

ओलीले अघि भने, दुनियाँमा कहि पनि कुनै पनि संविधानमा एउटा नागरिकता भएको केटो समातेर गाविस सचिवलाई हामी बिहे गर्‍यौं, दर्ता गर भनेपछि खै कहाँ जग्गे बनाएको छ हेर्ने कुरा त भएन । दिनुपर्‍यो । त्यसपछि खल्तिमै हाल्न भ्याइँदैन, हातमै बोकेर सीडीओ कार्यालय गयो । बिहे गरेको हो कि होइन एक छिनमा नागरिकता हालेर घर फर्किए हुन्छ । यसरी कहिँ दिन्छ नागरिकता ?’

तराईका जनता यसरी नै नागरिकता दिन चाहन्छ भनेर सोध्नु पर्ने उनले बताए । उनले भने, अहिले यो माग गर्नेहरुको के छ भने बोर्डरमै आउँदा नागरिकता दिएर पठाउनुपर्छ भन्ने छ । एउटा कागज राख्यो । नागरिकताको प्रमाण पत्र राख्यो । हजुरको नामः छविलाल । बाबुको नाम… भित्र पस्दै नागरिकता दिनुपर्ने । यस्तो गर्दा पनि नागरिकता भएन भन्ने ?’

संविधान संशोधन गर्ने हो भने यसलाई संशोधन गर्नु पर्ने एमाले अध्यक्ष ओलीले बताए ।

अन्तरिम संविधानमा भए अनुसार गर्नुपर्ने तर्क आएको भन्दै उनले अन्तरिमले हुने भए नयाँ किन बनाउनु पथ्र्यो भनेर प्रश्न गरे । उनले भने, संविधान पल्टाएर यो संविधान खारेज गर्ने, यो लागू गर्ने । यो नेपालीको माग होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment