Comments Add Comment

फेसबुकमा आउने झुटा खबरलाई कसरी रोक्छन् जुकरबर्गले ?

mark-facebook

काठमाडौं । फेसबुक फाउण्डर मार्क जुकरबर्गले झुटा खबरहरुसँग जुध्न योजना बनाएका छन् । र, उनलाई विश्वास छ कि यो फेसबुकमा आउने गलत खबर र हल्लाहरुलाई रोक्न सफल हुनेछ ।

अमेरिकी राष्ट्रपति चुनावमा फेसबुकमा आएको झुटो खबरका कारण निकै विवाद भएको थियो । फेसबुकमा आएको झुटा खबरले डोनाल्ड ट्रम्पलाई मद्दत गरेको दाबीसमेत आएको छ ।

जुकरबर्गले गलत सूचनाविरुद्ध उठाउने कदमबारे विस्तृतमा जानकारी पोष्ट गरेका छन् । जसअनुसार मानिसको पहिचान र भेरिफिकेसनमा पनि निगरानी गरिनेछ । आफ्नो पोष्टमा उनले लेखेका छन्, ‘मानिसहरुको यो समस्यामा हामी लामो समयदेखि काम गरिरहेका छौं ।’

यद्यपि समस्या निकै जटिल भएको उनी मान्छन् । र, प्राविधिक रुपमा पनि निकै समस्याहरु छन् । उनले भने, ‘फेसबुकले उनीहरुलाई निराश पार्दैन, जो विचार र सही सूचना बाँड्छन् ।’

फेसबुकका लागि झुटा खबरहरुलाई रोक्नु ठूलो चुनौती भएको प्रविधिका जानकारहरु बताउँछन् । जुकरबर्गका अनुसार फेसबुकले यसबारे सात प्रस्तावमा काम गरिरहेको छ ।

सोमबार मात्र गुगलले घोषणा गरेको छ कि फर्जी न्यूज साइटलाई विज्ञापन दिने काम रोकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment