Comments Add Comment

नेपालले विश्वकप छनौट खेल्ने सम्भावना कति ? यस्तो छ अंकगणित

Nepali Cricket (1)

६ मंसिर, काठमाडौं । हङकङले केन्यालाई ३९ रनले हराएसँगै आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणका खेलहरु सकिएका छन् । र, शीर्ष चारमा परेर बंगलादेशमा २०१८ मा हुने विश्वकप छनौट खेल्न नेपालले बाँकी सबै खेल जित्नु पर्ने दबाव बढेको छ ।

अंक तालिका विश्लेषण गर्दा चौथो स्थानका लागि नेपालसँगै हङकङ र केन्याबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहेको पपुवा न्युगिनीको १२ अंक छ । आठमध्ये उसले स्कटल्याण्डबिरुद्धको दुई खेलमात्र हारेको छ । समान अंकसहित दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले पाँच जित र दुई खेलमा अंक बाडेको थियो । नेदरल्याण्ड्स नेपालसँग मात्रै हारेको छ ।

तेस्रो स्थानमा रहेको हङकङको ११ अंक छ भने समान अंक जोडेको स्कटल्याण्ड रन रेटका आधारमा चौथो स्थानमा छ । केन्या ८ अंकसहित नेपालभन्दा माथि पाचौं स्थानमा छ । नेपालभन्दा पछि समान २/२ अंकसहित नामिविया र युएई क्रमसः सातौं र आठौं स्थानमा छन् ।

नेपालको सम्भावना कति ?

नेपालले अब केन्यासँग घरेलु मैदानमा खेल्नेछ । आइसीसीले पाचौं चरणको खेलतालिका सार्वजनिक गरिसकेको छैन । यो खेल अर्को वर्ष फेब्रुअरीदेखि जुनको बीचमा हुनेछ । यस्तै जुलाइदेखि नोभेम्बरको बीचमा हङकङसँग र वर्षको अन्त्यतिर यूएईसँग खेल्नेछ ।

icc-world-cricket-league-championship_1_updated-1
विश्वकप सपना जीवितै राख्न नेपालका लागि बाँकी सबै खेल महत्वपूर्ण छन् । साथै नेपालभन्दा अगाडि निटक तीन स्थानमा रहेका केन्या, स्कटल्याण्ड र हङकङका बाँकी खेलका नतिजामा पनि भरपर्छ

हङकङले लिगको शीर्ष दुई स्थानमा रहेका पपुवान्युगिनी र नेदरल्याण्ड्ससँगै नेपालसँग खेल्न बाँकी छ भने केन्याले नेपालसहित स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्न बाँकी छ ।

त्यसैले चौथो स्थानका लागि नेपालसँग प्रतिस्पर्धामा रहेकोे देखिएका हङकङ र केन्याका लागि पनि बाँकी खेलहरु सहज हुनेछैन ।

तर, विश्वकप छनौटमा स्थान बनाउने हो भने नेपालले घरेलु मैदानमा केन्यालाई दुबै खेलमा हराएर मात्र पुग्दैन, हङकङसँग उसकै मैदानमा कम्तिमा २ अंक जोड्न सक्नुपर्छ ।

साथै सातौं चरणमा यूएईलाई पनि हराउनु पर्नेहुन्छ । र, हङकङ र केन्याले बाँकी खेलमा नेदरल्याण्ड, पपुवा न्युगिनी र स्कटल्याण्ड जस्ता टिमसँग अनपेक्षित रिजल्ट पनि निकाल्न हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment