Comments Add Comment

सौगात र अनुभवको ‘शब्द’, यस्तो बन्यो टिजर र गीत

sabda-nepalimovie
नायक सौगात मल्ल हरेक चलचित्रमा फरक-फरक भूमिका गर्न रुचाउँछन् । चलचित्रको व्यवसायिकतालाई छाड्ने हो भने सौगात अभिनयमा सवैभन्दा अगाडि छन् । उनै सौगात अभिनित चलचित्र ‘शब्द’ को अफिसियल टिजर र एउटा गीत रिलिज गरिएको छ ।

सन्तोष शिवाकोटीको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, कमली वाइवा, अनुभव रेग्मी, रोयदीप श्रेष्ठ, ओसिन भट्टराई लगायतले मुख्य भुमिका निर्वाह गरेका छन् ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर र गीत रिलिज गरिएको हो । कार्यक्रममा चलचित्रका कलाकार र निर्माणपक्षको उपस्थित थियो । नायक मल्लले चलचित्रमा फरक के छ भन्दा पनि आफूले यसमा गाउँले यूवाको भूमिका निर्वाहा गरेको बताए ।

‘गुलेलीले हान्दिऊँ कि’ बोलको गीतमा सौगात र कमलीको अभिनय छ । यस चलचित्रमा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत छ भने गीतमा राजनराज र मिलन अमात्यको स्वर छ । आउँदो पुस २९ चलचित्र रिलिज हुने निर्माता छिरिङ दोर्जे लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment