Comments Add Comment

पार्टी एकतापछि राप्रपाको पहिलो बैठक आज

leaders-of-rpp८ मंसिर, काठमाडौं । दुई राप्रपाबीच एकीकरण भएपछि राप्रपाको पहिलो बैठक आज बस्दैछ । राजधानीको अम्रपाली बैक्केटमा अपरान्ह १२ बजे बैठक बस्न लागेको हो ।

पार्टी एकीकरणपछि दुवै राप्रपाका डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीनसय सदस्यीय केन्द्रीय समिति बनेको छ ।
पार्टी एकीकरणपछि सरकार, संविधान संशोधन लगायतका विषयमा एउटै दृष्टिकोण बनाउने बारे पार्टी बैठकमा छलफल हुने छ । एकीकृत पार्टीको  तीन महिनाभित्र अधिवेशन गर्ने विधानमा व्यवस्था भएबमोजिम महाधिवेशनको तयारी, दुई पार्टीका जिल्ला तथा स्थानीय संरचनाको एकीकरणका विषमा बैठकमा छलफल हुने जनाइएको छ ।

एकीकृत पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपति शम्शेर राणा र  कमल थापा पार्टी अध्यक्ष चयन भएका छन् । पार्टीमा अध्यक्ष सहित पार्टीेमा पाँच नेताको शीर्ष लेयर हुनेछ ।

जसमा लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, विश्ववन्धु थापा हुनेछन् । माघ ११ गतेपछि राणाले लोहनीलाई पद हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment