Comments Add Comment

७५ दिनमा ‘छक्का पञ्जा’: अनाथ बालबालिकालाई न्यानो कपडा वितरण(फाेटाे र भिडियाे)

गाउँमा एम्बुलेन्स, पाका र विरामी कलाकारलाई रकम सहयोग गर्ने घोषणा

chakka-panja-75-days-2

केहि बर्ष अगाडि सम्म नेपाली चलचित्रले ५१ दिन, सय दिन मनाएका समाचार आउने गर्दथ्य । तर, अहिले त एक हप्ता पनि चलचित्र चल्न मुश्किल छ ।
यहि, बिचमा चलचित्र ‘छक्का पञ्जा’ले भने ७५ दिनको किर्तिमान कायम गरिसकेको छ र सय दिन मनाउने दौडमा लागेको छ । चलचित्रले ५१ दिन मनाउँदा पञ्चेबाजा सहित हल-हलमा पुगेका थिए, यसका कलाकार र निर्माणपक्ष ।

तर, चलचित्रले ७५ दिन मनाएपछि भने यसको निर्माणपक्ष समाजसेवातर्फ अगाडि बढेका छन् । जीतपुर फेदि टोलमा रहेको ‘मातृ नेपाल अपाङ्ग संस्था’ मार्फत संचालित बाल गृहमा यसका कलाकार, निर्देशक, निर्माता पुगेका छन् । सो बालगृहमा रहेका ३६ जना बालबालिकालाई जाडोको न्यानोको लुगा वितरण गरिएको छ । साथमा बालबालिकालाई भोजन पनि गराइएको छ । स्विटर र ट्रायक-सुट बालबालिकालाई वितरण गरिएको थियो ।
chakka-panja-75-days-9 chakka-panja-75-days-11 chakka-panja-75-days-15
चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, कलाकार जीतु नेपाल, उत्तम केसी, निर्माताहरु सुमन गिरी, नीशान बजगाँई सहितको टोली बाल गृह पुगेको हो । कलाकारलाई देख्ने वित्तिकै निकै खुशी देखिएका बालबालिकाले उनीहरुसँग खाना खाए, गीतमा नृत्य पनि गरेका थिए ।

कार्यक्रममा बोल्दै चलचित्रका लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रका विभिन्न वृद्ध, विरामी कलाकारलाई रकम सहयोग गर्ने घोषणा गरे ।
दीपकका अनुसार, कलाकार वुद्धिकृष्ण लामिछानेको परिवारलाई ५० हजार सहयोग गर्ने, वृद्ध कलाकार भिम बहादुर थापा र जयनन्द चन्दलाई २०-२० हजार सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै, केहि बर्ष अगाडि दुर्घटनामा परेका कलाकार पवन मैनालीलाई २० हजार सहयोग गर्ने निर्णय गरिएको छ । chakka-panja-75-days-1 chakka-panja-75-days-5 chakka-panja-75-days-12
गोरखाको मनकामना मन्दिर र धरानको वुढासुब्बा मन्दिरको पूननिर्माणका लागि २५-२५ हजार सहयोग गर्ने दीपकले बताए । उनले ६ जना भूकम्प पीडित बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मा आफूहरुले लिने घोषणा पनि गरे । साथै, चलचित्र खिचेको गाउँका लागि एउटा एम्बुलेन्स हस्तान्तरण गर्ने उनले बताएका छन् । केहि मिडियामा दीपक-दीपकले पैसा कमाएपनि राज्यलाई कर नतिरेको भन्दै समाचार आएको भन्दै दीपकले भने-‘ढुक्क हुनुहोस्, कुनै पनि चलचित्रले नतिरेको कर हामी तिर्नेछौ ।’

निर्देशक दीपाश्री निरौलाले चलचित्रले अद्भुत सफलता पाएको भन्दै सम्पुर्ण दर्शक, कलाकार, पत्रकारलाई धन्यवाद दिइन् । उनले सफलताबाट प्राप्त रकम मध्येको केहि हिस्सा समाजसेवामा पनि लगाउने बताइन् ।

कलाकार तथा निर्माता जीतु नेपालले पनि चलचित्रको सफलतामा सबैलाई धन्यवाद दिए । भदौ २४ गतेबाट रिलिज भएको यो चलचित्र अझै पनि केहि हलमा चलिरहेको छ ।
chakka-panja-75-days-3
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई दर्शकले खुबै रुचाएका थिए । चलचित्रले १५ करोड माथिको ग्रस कलेक्शन गरेको वितरकहरु बताउँछन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment