Comments Add Comment

योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्दछः राष्ट्रपति

९ मंसिर, वीरगन्ज। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् ।

Bidhya-Bhandariवीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने बताइन् ।

योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने उनको भनाइ थियो ।

योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना गरिन् ।

सोही अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताए ।

सो अवसरमा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको छ ।

सो अवसरमा स्वामी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । । विहान ५ः२३ बजे उदघाटन गर्नु भएको र पाँचहजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा स्वामी रामदेवले योगाभ्यास गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment