९ मंसिर, काठमाडौं । भर्खरै नेपालमा सार्वजनिक भएको आइफोन सेभेन र आइफोन ७ प्लसले आफ्नो बिक्रीमा नयाँ रेकर्ड राखेको छ । विश्वबजारमा यसअघि निकै चर्चा कमाएका कारण अत्याधिक प्रतिक्षा आइफोनले ३ दिनमै उत्साहजनक बिक्री रेकर्ड कायम गरेको हो ।
जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रालिका अनुसार बिक्री सुरु भएको तीन दिनभित्रै १८ सय ३० वटा आइफोन बिक्री भएका छन् । यसअघि आइफोनको बिक्री यति द्रुतगतिमा बढेको थिएन ।
“हामीले ३ दिनमा करिब १८३० यूनिट बिक्री गरिसकेका छौं र अझै हामीले थुप्रै माग प्राप्त गरिरहेका छौं । अत्याधिक सोधपुछ पनि भएको छ । हामी बजारमा आएको सकारात्मक प्रतिक्रियाहरुबाट उत्साहित भएका छौं,” जेननेक्स्टका प्रवक्ताले भने ।
आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टीसहित आइफोन आधिकारिक बितरकसँग मात्रै किन्न कम्पनीले आग्रह गरेको छ । ‘हामी एप्पलका सबै प्रयोगकर्तासँग अनुरोध गर्दछौं कि सक्कली बिल सहित एप्पलका उत्पादनहरु खरिद गर्नुहोस्’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
इभो स्टोर, फ्यूचर वल्र्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटल एप्पल आधिकारिक बिक्रेता हुन् । यिनै स्टोरबाट आइफोन सेभेन खरिद गर्न र खरिद गर्दा जेननेक्स्ट लोगो हेर्न आग्रह गरिएको छ ।
ग्राहकलेे खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि ग्राहकले www.gnextcom.com/check-service-tag-imei मा हेर्न सक्ने कम्पनीले जनाएको छ ।
एप्पल आइफोनको सिरियल नम्बर अथवा आइएमइआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । अनाधिकृत रुपमा आयतित फोनहरु खरिद गर्दा एनटिएले कुनैपनि बेला ब्लक गर्न सक्छ ।
प्रतिक्रिया 4