Comments Add Comment

फेसबुक चलाउन छाड्नुस्, खुसी जीवन जिउनुस्

facebook

तपाईं आफ्नो जीवनमा खुसी रहन चाहनुहुन्छ भने केहि दिनका लागि फेसबुक नचलाउनुहोस् । यो डेनमार्कको कोपनहेगन विश्वबिद्यालयमा गरिएको अनुसन्धानमा आधारिक कुरा हो ।

मार्टन ट्रामहोल्टले मास्टर्सको आफ्नो थेसिसमा लेखेका छन्, ‘धेरै भन्दा धेरै मानिसहरु दैनिक फेसबुक प्रयोग गर्छन् र उनीहरुलाई त्यसको असरबारे जानकारी हुँदैन । यस अनुसन्धानमा केहि तथ्य पाइएको छ कि फेसबुकको प्रयोगबाट तपाईंको खुसी कम हुनसक्छ ।

ट्रमहोल्टले सन् २०१५ मा १०९५ मानिसहरुमा अध्ययन गरे । जसमा आधाभन्दा धेरै मानिसहरुलाई भनियो कि उनीहरुले एक साता फेसबुक नचलाउन् ।

र, यसको नतिजा के भयो ?

रिसर्चमा पाइयो कि ती मानिसहरुमा सकारात्मक भावना पहिलाभन्दा बढी थियो र उनीहरु जीवनबाट थप सन्तुष्ट थिए । ट्रमहोल्ट भन्छन्, ‘यो पाइयो कि जो मानिसले फेसबुक चलाउन छाडेका थिए, उनीहरु फेसबुक चलाइरहेकाहरुभन्दा धेरै खुसी र सन्तुष्ट थिए । उनीहरुको भावना धेरै सकारात्मक थियो र जीवनप्रति सन्तुष्ट थिए ।

जुन मानिस सामाजिक सञ्जालमा जोडिएका थिए, जीवनप्रति उनीहरुको सन्तोषको स्तर अधिकतम १० मा ७.७५ थियो । जसले फेसबुक छाडेका थिए उनीहरुको सन्तोषको स्तर ८.१२ रहृयो । यसको मतलव उनीहरु धेरै सन्तुष्ट देखिए ।

अनुसन्धानको अन्तिम दिन दुवै समूहका मानिसहरुलाई सोधियो कि उनीहरुलाई कस्तो महशुस भइरहेको छ । जसले फेसबुक चलाउन छाडेका थिए, उनीहरुमध्ये ८८ प्रतिशतले आफु खुसी रहेको बताए भने ८४ प्रतिशतले जीवनको आनन्द उठाइरहेको बताए ।

तर, जसले चलाइरहेका थिए उनीहरुमध्ये ८१ प्रतिशतले खुसी रहेको र ७५ प्रतिशतले जीवनको आनन्द उठाइरहेको बताए ।

यसपछि दुःख र चिन्ताजस्ता नकारात्मक भावनाको बारेमा पनि कुरा गरियो । फेसबुक प्रयोग गर्नेमध्ये ३४ प्रतिशतले आफु बेखुसी रहेको र २५ प्रतिशतले एक्लोपन महशुस गरेको बताए । तर, फेसबुक चलाउन छाड्नेहरुले भने २२ प्रतिशतले मात्र दुःखी रहेको र १६ प्रतिशतले मात्र एक्लोपन महशुस गरेको बताए ।

यो प्रयोगबाट यस्तो पनि नतिजा निस्किएको छ कि फेसबुकबाट टाढा रहनेहरुलाई कुनै कुरामा ध्यान केन्दि्रत गर्न सजिलो भएको थियो तथा उनीहरु आफ्ना सामाजिक जीवनमा पनि धेरै ध्यान दिइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment