Comments Add Comment

प्रचण्डले भने-संविधान संशोधनले समस्या समाधान हुनेमा म आफैं ढुक्क छैन

अधिकार सम्पन्न संघीय आयोगलाई जिम्मा दिने प्रधानमन्त्रीको चाहना

prachanda-(4)

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन्छ भन्ने भन्नेमा आफू अहिलेसम्म ढुक्क नभएको बताएका छन् ।

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवाहरुसँगको भेटमा प्रचण्डले भने- संविधान संसोधन गरेर समस्या समाधान हुन्छ भन्ने सुनिश्चितता नभएकाले म प्रधानमन्त्री आफैं ढुक्क छैन ।

संविधान संशोधनका क्रममा आदिवासी जनजातिको सरोकार पनि समेटियोस् भन्दै बालुवाटार पुगेका जनजाति नेताहरुसँग प्रचण्डले आफूलाई सघाउन आग्रह गरे । उनले राज्य पुनसंरचना आयोग मार्फत सबैका माग सम्बोधन गर्नेतर्फ आफू लागेको बताए ।

सहमतिका आधारमा संविधान संशोधन गर्न आफू प्रयासरत रहे पनि त्यो वातावरण नबनेको उनले बताए । कांग्रेसभित्रै पनि सहमति नभएकाले कम्तिमा मधेसी मोर्चा सहभागी नभए संशोधन प्रस्ताव लैजाने पक्षमा नरहेको संकेत प्रधानमन्त्रीले दिएको भेटमा सहभागी जनजाति नेता आङकाजी शेर्पाले बताए ।

प्रचण्डले भने-हामी गठबन्धन बस्दा या त सहमतिको आधारमा प्रस्ताव तयार पार्ने र पारित गर्ने, यो भन्दा बढि पाउन सकिएन भन्ने समझदारी हुनुपर्छ । नत्र मैले प्रधानमन्त्रीको हैसियतमा मलाई जे ठिक लाग्छ त्यहि संसोधन प्रस्ताव दर्ता गर्छु भनेको छु ।

अहिले ५ नम्बरलाई मिलाएर सबैजना चुनावमा जान सहमत हुन्छ भने एउटा सशक्त राज्य पुनर्संरचना आयोग बनाएर जाउँ भन्ने आफ्नो मनसाय रहेको प्रचण्डले बताए ।

प्रचण्डले त्यसो भन्दा जनजाति नेताहरुले आयोगलाई नामांकन, सीमांकन र प्रदेश संख्या तोक्ने अधिकार दिनुपर्ने बताएका थिए । तर जवाफमा प्रचण्डले भने- सबैलाई मान्य हुने सीमांकनलगायत सबै विषय मिलाउने गरी आयोग बनाउने हेा ।

सो भेटमा ५ नम्बर प्रदेश विभाजनप्रति थारु र मगरात क्षेत्रका जनजाति अगुवाले असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment