Comments Add Comment

चन्दननाथ बाबाको मन्दिरबाट हराएका मूर्ति खोज्न सिआईबी टोली जुम्ला पुग्यो

chandan-nath-temple-jumla
चन्दननाथ बाबाको मन्दिर

१४ मंसिर, जुम्ला । चन्दननाथ बाबाको मन्दिरबाट विभिन्न मूर्ति चोरीको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को एक टोली जुम्ला पुगेको छ ।

ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली हवाई मार्गबाट जुम्ला पुगेको हो ।

टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको घटनाबारे बुझेर स्थानीय नागरिकसँग संवाद गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

सोमबार जुम्लाका राजनीतिक दलहरुले सरकारसँग मूर्ति चोरी प्रकरणका दोषी पत्ता लगाउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको टोली जुम्ला पठाउन लिखित माग गर्दै प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निवेदन गरेका थिए ।

यो पनि पढ्नुहोस्

चन्दननाथ मन्दिरको मूर्ति तत्काल खोज्न सँस्कृति मन्त्रालयको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment