+
+
Shares

ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते २२:२८

२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा ठूलो हमला गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्रूथमार्फत उनले अमेरिकाले आज राति इरानमा ठूलो हमला गर्ने बताएका हुन् ।

‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोडदार हमला गर्नेछ । इरानको नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र उसको अधिकांश आक्रामक क्षमता पहिले नै खतम भइसकेको थियो,’ ट्रम्पले भनेका छन् ।

यस्तै उनले निकट भविष्यमै अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र, खार्ग र अन्य आयल पूर्वाधारमा नियन्त्रण कायम गर्ने दाबी गरेका छन् । यस्तै इरानको तेल र ग्यास बजारमा पनि अमेरिकाको पूर्ण नियन्त्रण हुने उनले भनेका छन् ।

उता ट्रम्पको यो बयानपछि इरानले अमेरिका, युरोप र मध्यपूर्वका २२ देशलाई चेतावनी दिँदै इरानको जमिनमा इरानी नागरिकलाई निशाना बनाउन बन्द गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?