0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

पत्रकार र च्यानललाई ‘बेइमान र मूर्ख’ भन्दै अन्तर्वार्ता छोडेर हिँडे ट्रम्प

ट्रम्पले भने, ‘तिमी कि त बेइमान हौ, कि त मूर्ख हौ। तिमी उनीहरूको इसारामा नाचिरहेका छौं। तिम्रो नेटवर्कलाई थाहा छ कि चुनावमा धाँधली भएको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १६:५१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठित टिभी च्यानल एनबीसीलाई दिइरहेको अन्तर्वार्ता छोडेर हिँडेका छन् । पत्रकार क्रिस्टिन वेल्करसँगको अन्तर्वार्ताका क्रममा उनले दिएका जवाफलाई पत्रकारले प्रतिप्रश्न गरेपछि ट्रम्पले अन्तर्वार्ता छोडेर हिँडेका हुन् ।

ट्रम्पले सञ्चारमाध्यम, पूर्व राष्ट्रपति जो बाइडेन र क्यालिफोर्नियाको निर्वाचन प्रणालीमाथि गम्भीर आरोप लगाउँदै तीव्र आक्रोश पोखे ।

एनबीसीन्यूजको ‘मिट द प्रेस’ ट्रम्पले सञ्चारमाध्यमलाई ‘फेक, फोहोर र बेइमानको संज्ञा दिए ।

ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेन र उनको प्रशासनले ओभल अफिसको दुरुपयोग गरेर जनताको जीवन बर्बाद पारेको र निर्दोषहरूलाई जेल हालेको आरोप लगाए ।

बाइडेनलाई ‘मूर्ख’ भन्दै ट्रम्पले भने: उनी (बाइडेन) वरपर के भइरहेको छ भन्ने थाहा पाउने गरी स्मार्ट छैनन्, तर उनलाई घेरेर बस्ने मानिसहरूले जनताको जीवन बर्बाद पारे।’

चुनाव ‘धाँधलीयुक्त’ भएको दाबीप्रति पत्रकारले प्रमाण के छ भनेकी थिइन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन र हाल क्यालिफोर्नियामा भइरहेको मतदान प्रक्रिया दुवैमा व्यापक धाँधली भएको दाबी ट्रम्पले गरे। क्यालिफोर्नियामा मत गणना ढिलो भएको विषयलाई लिएर उनले त्यहाँ चुनावमा धाँधली भइरहेको आरोप लगाए।

जब पत्रकारले यी आरोपहरू पुष्टि गर्ने कुनै प्रमाण छ भनी पटक-पटक प्रश्न गरिन्, तब ट्रम्प आक्रोशित हुँदै जंगिए।

‘तपाईंले भन्नुभएको कुराको कुनै प्रमाण छैन’, उनले भनेका छन् ।

अन्तर्वार्ताकारको भनाइमा ट्रम्पले भने ‘त्यहाँ प्रशस्त प्रमाण छन्। त्यहाँ प्रमाणबाहेक केही छैन। केवल हेरे पुग्छ।’

अन्तर्वार्ताकारले त्यो प्रमाण होइन भनिन् । ।

आफूले उठाएका प्रश्नहरूको ठोस प्रमाण दिन नसकेपछि ट्रम्पले अन्तर्वार्ताकार टिभी च्यानलप्रति व्यक्तिगत आक्रमण सुरु गरे।

ट्रम्पले भने, ‘तिमी कि त बेइमान हौ, कि त मूर्ख हौ। तिमी उनीहरूको इसारामा नाचिरहेका छौं। तिम्रो नेटवर्कलाई थाहा छ कि चुनावमा धाँधली भएको हो ।’

आफूले अभूतपूर्व जित हासिल गरेको तर मिडियाले ९४ प्रतिशत नकारात्मक कभरेज दिएको दाबी गर्दै ट्रम्पले एनबीसी र सीएनएन जस्ता सञ्चारमाध्यमहरू एकतर्फी र अविश्वसनीय भएको आरोप लगाए।

अन्तर्वार्ताको अन्त्यमा ट्रम्पले थपे, ‘हाम्रो देश यस्तो बेइमान प्रेसकासाथ कहिल्यै महान् बन्न सक्दैन।’ अमेरिकी चुनाव प्रणाली तेस्रो विश्वको देशको जस्तो भएको टिप्पणी गर्दै उनी आक्रोशित मुद्रामा अन्तर्वार्ताबाट बाहिरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?