News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले पदबाट राजीनामा दिएका छन् ।
- मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई आर्थिक मामिला मन्त्री बनाउने भएपछि उनले राजीनामा दिएका हुन् ।
- धामीको राजीनामापछि मुख्यमन्त्री शाहले सरस्वती खड्कालाई नयाँ प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।
२५ जेठ, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री बनाउने भएपछि धामीले राजीनामा दिएका हुन् ।
धामीको राजीनामापछि मुख्यमन्त्री शाहले सरस्वती खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।
खड्का सामाजिक विकास राज्यमन्त्री छन् । सरकार पुनर्गठनको तयारी गरेका शाहले कांग्रेसको असन्तुष्ट पक्षले नामको प्रतीक्षा गरिरहेका छन् ।
एमालेले नयाँ मन्त्री बनाउने चार जनाको नाम मुख्यमन्त्रीलाई टिपाइसकेको छ भने शाह स्वयंले पनि टुंगो लगाएका छन् । कांग्रेसको असन्तुष्ट पक्षले प्रदेशमा नाम टुंगो लगाउन नसकेपछि केन्द्र पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4