0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेतन्याहुलाई ट्रम्पको चेतावनी : इरानसँग तनाव बढ्दै गए एक्लिनु पर्ला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ९:१२
फाइल तस्वीर

२६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुलाई तनाव बढ्दै गए इरान मामिलामा एक्लिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

उनले इजरायलको ‘च्यानल १२’ सँगको अन्तर्वार्तामा नेतन्याहुलाई यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ । इजरायली न्युज एजेन्सीका अनुसार नेतन्याहुले आइतबार इरानमाथि गरिएको आक्रमणबारे ट्रम्पलाई अन्तिम समयसम्म पनि पूर्ण जानकारी गराएका थिएनन् ।

आइतबार नै ट्रम्पले नेतन्याहुलाई इरानविरुद्ध प्रतिआक्रमण नगर्न सुझाव दिएका थिए । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण गरेको पृष्ठभूमिमा यो घटनाक्रम भएको बताइएको छ ।

‘च्यानल १२’ को रिपोर्टअनुसार दुवै नेताबीचको वार्ताबिना कुनै सहमति टुंगिएको र नेतन्याहुले आफ्नो अन्तिम निर्णय ट्रम्पलाई जानकारी गराएका थिएनन् ।

पछि नेतन्याहूले अमेरिकी विदेशमन्त्री कार्को रुबियोलाई आफूले इरानमाथि आक्रमण गर्ने निर्णय गरिसकेको जानकारी दिएका थिए । ट्रम्पले भने उक्त आक्रमणको ‘दायरा कम गराउन’ आफू सफल भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?