+
+
Shares

मधेसी मोर्चालाई प्रधानमन्त्रीको आग्रहः संशोधन विधेयकलाई समर्थन गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १६ गते ११:३१

morcha-prachanda१६ मंसिर, काठमाडौं । सरकारले मधेसी मोर्चालाई संविधान संशोधन विधेयकलाई समर्थन गर्न आग्रह गरेको छ । मोर्चाका नेताहरुले भने आफूहरुको एजेन्डा निकै कम सम्बोधन भएको भन्दै परिर्माजनको माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार विहान मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएर संसदमा दर्ता भएको संशोधनलाई सकारात्मक रुपमा लिन आग्रह गरेका हुन् ।

तपाईहरुकै माग सम्बोधन गर्न प्रस्ताव ल्याइका हौं । सबै माग पुरा हुनसक्दैन । जति सरकारले अगाडि बढेर ल्याएको छ, समर्थन गर्नुस् भनेका छौं, माओवादी नेता वर्षमान पुनले भने ।

यद्यपि यसमा परिमार्जन कसरी गर्ने भन्नेबारे छलफल गर्न सकिने उनले बताए ।

तर, मधेसी मोर्चाका नेताहरुले भने संविधान संशोधनले आफूहरुको निकै कम माग मात्र सम्बोधन भएको बताए । यसलाई थप परिर्मावन गर्नु पर्ने उनस्हरुको माग छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह तथा निकायको चुनाव गर्ने सरकारको तयारीबारे जानकारी दिँदै मधेसी मोर्चाको धारणा माग गरेका छन् ।

समर्थन गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?