+
+
Shares

एटीएमको लाइनमा अनिल कपुर

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १०:५५

anil-selfi
भारतमा यतिबेला नोटबन्दीका कारण जनताहरु लामो लाइनमा छन् । ५ सय र १ हजारको नोटमा प्रतिवन्ध लागेपछि पैसाको हाहाकार भएको हो । यो समस्याले भारतका हरेक वर्गका मानिसहरुले प्रभाव पारेको छ ।

कालो धन विरुद्ध सरकारले यो कदम चालेको बताइन्छ । यसको समर्थन र विरोधमा आवाजहरु पनि सुनिएका छन् । केहि दिन अगाडि साउथका सुपरस्टार रवि एटीएमको लाइनमा बसेको तस्बिरले हंगामा मच्चाएको थियो ।

अब, नोटवन्दीको असरमा नायक अनिल कपुर पनि परेका छन् । उनले एटीएमको लाइनमा बसेर पैसा निकाल्दै गरेको तस्बिर अहिले भाइरल बनिरहेको छ ।
अनिल एटीएमको लाइनमा बस्दा उनीसँग उनका फ्यानले सेल्फी लिएर ट्विटरमा पोष्ट गरेका छन् ।

जसको जवाफ दिदै उनले भनेका छन्-‘एटीएमको लाइनमा सेल्फी लिदै । माया गर्ने मानिसहरुलाई भेट्ने मौका पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?