Comments Add Comment

इनिएस्टा मैदान फर्कने, मेस्सीले तोड्लान एल क्लासिकोमा गोलको खडेरी ?

andres-iniesta१८ मंसिर, काठमाडौं । चोटका कारण ६ साता मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान आन्द्रे इनिएस्टा रियल मड्रिडविरुद्ध एल क्लासिको खेल्न सक्ने छन् ।

३२ वर्षीय मिडफिल्डरले लिग र कपमा कसेर ७ खेल गुमाएका छन्, जसमध्ये तीन खेल मात्र बार्सिलोनाले जितेको छ । र, साविकको विजेता बार्सिलोना लिग लिडर रियल मड्रिडसँग ६ अंंकले पछाडि परेको छ ।

रियल मड्रिडका ग्यारेथ बलले भने इएल क्लासिको गुमाउनेछन् । डिमफिल्डर टोनी क्रुजले शुक्रबार टिमसँग अभ्यास गरेका छन् । तर, १९ सदस्यीय टोलीमा उनी समावेश छैनन् ।

दुई महान टिमको भिडन्त

रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा मात्र छैन, जिनेदान जिदानको टिम राम्रो लयका साथ नाउ क्याम्पमा पुगेको छ । उसले पछिल्लो पाँच खेल जितेको छ भने यो सिजन २१ खेलमा अपराजित छ ।

ronaldoजबकी बार्सिलोनाले पछिल्लो दुई खेलमा बराबरी खेलेको छ । तर, रियल मड्रिडका करिम बेन्जिमाले भने बार्सिलोनासँग खेल्दै गर्दा ६ अंकको अग्रता केही नहुने बताए । निकै दबावमा खेल्नु पर्ने भन्दै उनले भनेका छन्, मैदान उत्रँदै गर्दा लिग लिडरले केही फरक पर्दैन ।  प्रशिक्षक जिदानले भनेका छन्, बार्सिलोनाले हामीलाई नोक्सान पुर्‍याउन सक्छ ।

हरेक खेल नयाँ कथा हो । हामीलाई थाहा छ कि उनीहरुलाई कसरी हराउने । तर, उनीहरु कमजोर छैनन् । यो दुई महान टिमको भिडन्त हो ।

मेस्सीले तोड्लान गोलको खडेरी ?

यो खेल ला लिगाको शीर्ष तीन गोलकर्ताको पनि हो । रोनाल्डो १० गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छ ।

बार्सिलोनाका लुइस स्वरेजले ९ गोल गरेका छन् भने उनका टिममेट मेस्सीले ८ गोल गरेका छन् । तर, एल क्लासिकोका पछिल्ला ५ खेलमा मेस्सीले गोल गर्न सकेको छैनन् । पछिल्लो पटक उनले २०१४ मार्चमा रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ४–३ ले हराउँदा ह्याट्रिक गरेका थिए ।

बार्सिलोनाका प्रशिक्षक लुइस इनरिके मेस्सी र उनको टिमले रियल मड्रिडको अग्रतालाई घटाउनेमा विश्वस्त देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment