Comments Add Comment

प्रचण्डले भने-संशोधन दर्ता गरियो, अब चुनाव गरिन्छ

मधेसी मोर्चासँग सहमतिमै संशोधन दर्ता गरेको दाबी

prachanda-airport-gowa (2)

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब चुनावको मिति घोषणा गरेर अघि बढ्ने बताएका छन् ।

‘संविधान संशोधन प्रस्ताव दर्ता गरियो, अब चुनाव घोषणा गरेर अघि बढिन्छ,’ शनिबार बिहान लाजिम्पाटमा आयोजित माओवादी हेडक्र्वाटरको बैठकमा प्रधानमन्त्रीले भने, ‘यो संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमै दर्ता गएकिो हो, त्यसैले अब उनीहरु आएनन् भने पनि यो प्रस्ताव फिर्ता हुँदैन, चुनाव घोषणा गरेर गइन्छ ।’

संविधान संशोधनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्दै माओवादी नेताहअरुले अहिले भइरहेको असन्तुष्टि सामान्य नै रहेको र यो समाधान हुने दाबी बैठकमा गरेका थिए ।

बैठकमा प्रचण्डले संशोधन पूस्ताव फिर्ता पनि नलिइने र यसमा परिमार्जन पनि नहुने बताएका थिए ।

संविधान संशोधन प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे माओवादी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बि्रफिङ गरेका थिए । साथै बैठकमा संगठनात्मक विषयमा पनि छलफल भएको थियो ।\

कार्यालयको बैठकमा सहभागी माओवादी नेताका अनुसार हाल कायम रहेको पोलिटब्यूरो कमिटीलाई विस्तार गर्नेबारे छलफल भएको छ । यद्यपि संगठनात्मक विषयमा छलफल नसकिएकाले आइतबार टुंगो लगाइने स्रोतले बतायो ।

कार्यालयको बैठक लगत्तै पेरिसडाँडामा शनिबार अपरान्ह पोलिटब्यूरोको बैठक बोलाइएको छ । पोलिटब्यूरो बैठकमा प्रचण्डले संविधान संशोधनपछिको परिस्थितिबारे नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment