+
+
Shares

भारतीय दूताबासमा मधेसी मोर्चाका नेताहरुको ‘लन्च मिटिङ’, संविधान संशोधनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १८ गते १५:२८

Ranjit ray

१८ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर संविधान संशोधन विधेयकबारे चासो राखेका छन् ।

शनिबार विहान लन्च मिटिङ भन्दै दूताबासले मधेसी मोर्चामा आवद्ध सात दलका अध्यक्षहरुलाई बोलाएको थियो । तर, पाँच दलका अध्यक्ष मात्र पुगेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सामसपाका अध्यक्ष शरतसिंह भण्डारी भने राजधानी बाहिर रहेकाले दूतबास गएनन् ।

लैनचौरस्थित भारतीय दूताबासमा भएको भेटमा राजदूत रायले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा मधेसी मोर्चाको असन्तष्टिबारे चासो राखेका थिए । जवाफमा मधेसी मोर्चाका नेताहरुले परिर्माजन भए मात्र स्वीकार गर्न सकिने बताए ।

राजदूतसँगको भेटमा सहभागी मधेसी मोर्चाका एक नेताले भने, ‘संशोधनबारे हामीले जे भन्दै आएका छौं, त्यही धारणा राखेका छौं । कुनै नयाँ कुरा भएको छैन ।’

स्रोतका अनुसार राजदूत रायले संशोधन विधेयकलाई स्वीकार गरेर अघि बढ्न सुझाव दिएका छन् ।

तराई मधेसको विकास निर्माणबारे पनि छलफल भएको तमसपाका अध्यक्ष महेन्द्र यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?