२१ मंसिर, भारत । पूर्वोत्तर भारतको असम राज्यमा २६ लाखभन्दा बढी नेपालीभाषीहरुको बसोबास रहेको भन्दै लोकसभाका एक सांसदले उनीहरुलाई जनजातिको दर्जा प्रदान गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय लोकसभाका सांसद रामप्रसाद शर्माले असमका गोरखालीहरुलाई जनजातिको सूचीमा सूचीकृत गर्न मोदीसँग माग गरेका हुन् ।
शर्मा भारतीय संसदमा असमबाट प्रतिनिधित्व गर्ने नेपाली मूलका सांसद हुन् ।
शर्माले मोदीलाई लेखेको पत्रमा असममा रहेका गोर्खालीहरुले देशको सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै आए पनि उनीहरु आर्थिक विकासको दृष्टिले पछाडि परेका कारण जनजातिको दर्जा दिइनुपर्ने जिकिर गरेका छन् ।
शर्माका अनुसार मोदीले चुनावताका सिलिगुडीमा गरेको भाषणमा गोर्खा समुदायका ११ जातिलाई जनजातिको सूचीमा राख्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया 4